back
CTIZAN AD

बाग्लुङ समाज अमेरिकाद्वारा बाग्लुङका पहिरोपिडितलाई २५ लाख सहयोग

वि.सं.२०७७ असोज २४ शनिवार

627 

shares

बाग्लुङ – गत भदौ १७ गतेको बाढीपहिराले प्रभावित बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङका पीडितलाई बागलुङ सेवा समाज अमेरिकाले २५ लाख रुपैयाँ उपलव्ध गराएको छ । बाढीपहिरो पीडितलाई राहत स्वरुप नगरपालिका मार्फत समाजले नगद उपलव्ध गराएको हो । विभिन्न कामको सिलसिलामा अमेरीकामा रहेका बागलुङ घर भएका युवाले राहत रकम सङ्कलन गरेका थिए ।

बाढी प्रभावितको राहत र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको आर्थिक सङ्कलन अभियानबाट सङ्कलित उक्त रकम हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष सन्तोष खत्रीले जानकारी दिए । समाजका सल्लाहकार सिंहबहादुर राणाले राहत नगरप्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरेका थिए।

प्राप्त राहत नगरपालिकाले एकद्धार प्रणालीमार्फत पुनःस्थापनामा सदुपयोग गर्ने छ । बोबाङ खोलामा आएको भीषण बाढीपहिराले मानवीय तथा भौतिक क्षति पुर्याएपछि आफुहरुले राहत सङ्कलन अभियान थालेको समाजका अध्यक्ष हरि पौडेलको भनाइ छ । बाढीपहिरोमा २२ जनाले ज्यान गुमाएका थिए भने १५ जना अझै बेपत्ता छन् । ढोरपाटन नगरपालिकाको वडा नं। ७, ८ र ९ का १ सय २७ परिवार घरबार बिहिन बनेका छन् ।

वि.सं.२०७७ असोज २४ शनिवार १२:२७ मा प्रकाशित

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन (पाल्पा) । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...