back
CTIZAN AD

वालेट मार्फत गरिने कारोबारको शुल्क तोकियो

वि.सं.२०७७ असोज २४ शनिवार

615 

shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले सरकारी कोषमा राजस्व दाखिला गर्दा लाग्ने शुल्क निर्धारण गरेको छ । शुक्रबार केन्द्रीय बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको डिजिटल वालेटबाट राजस्व तिर्दा लाग्ने शुल्क निर्धारण गरेको हो ।
अब सरकारलाई बुझाउने दर अनुसार प्रति कारोबार ५ रुपैयाँदेखि ३० रुपैयाँसम्म लाग्ने छ ।

राष्ट्र बैंकले कोभिडका कारण सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै करदाताका लागि पुस मसान्तसम्म वालेटमार्फत गरिने दाखिला निःशुल्क गर्न भनेको छ । त्यसपछि भने शुल्क लाग्नेछ ।

नयाँ व्यवस्था अनुसार एक हजार रुपैयाँसम्मको कारोबार निशुल्क हुनेछ भने त्यसपछि एक हजारदेखि ३ हजारसम्मको कारोबारमा प्रति कारोबार पाँच रुपैयाँ, ३ देखि १० हजार रुपैयाँ सम्मको कारोबारमा प्रति कारोबार १० रुपैयाँ र दश हजारदेखि माथिको कारोबारमा प्रति कारोबार ३० रुपैयाँ तिर्नुपर्ने छ ।

वालेटको माध्यमबाट गरिने फन्ड ट्रान्सफर तथा भुक्तानी सीमा सम्बन्धी ब्यवस्थामा राजस्व भुक्तानी शुल्क थप गरिएको पनि राष्ट्र बैंकले जनाएको छ ।

वि.सं.२०७७ असोज २४ शनिवार १२:४८ मा प्रकाशित

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...