२४ असोज । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले यस वर्षको नोबेल शान्ति पुरस्कार जितेको छ ।
भोकमरी नियन्त्रणको प्रयास गरी शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा विश्व खाद्य कार्यक्रम ९डब्लूएफपी० लाई यो वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ ।
पुरस्कार स्वरुप डब्लूएफपीले११ लाख डलर प्राप्त गर्ने छ ।
पुरस्कार पाएको डब्लुएफपीले सम्मानबाट आफूहरु अति आभारी भएको बताएको छ ।
वि.सं.२०७७ असोज २४ शनिवार १४:३० मा प्रकाशित





























