गंगाजमुना पहाडको फेदीको गाउ कुनामा एउटा सानो खरले छाएको घरमा जन्म लिएर यहि एतिहासिक भुगोलको सेरोफेरोमा रही ढुङ्गा माटो उकाली ओराली पाखा पधेरी चौतारीमा खेल्दै हुर्कदै गाउको स्कुलमा साधारण लेखपढ गरेर नेपालको पुर्ब पश्चिम ऊत्तर दक्षिण मात्र नभएर ऊत्तर दक्षिणको छिमेकी राष्ट्र समेत भर्मण गरी मध्य प्रदेश भूमध्यसागरको समेत भ्रमण गरी आफ्नो र आफ्नो परिवारको रोजीरोटी साथै शिक्षा स्वास्थ्यको लागि देश तथा बिदेशमा बैदेशिक रोजगार गरे । केही धन प्राप्त भएपनी मनमा शान्ति भने पाउन सकिएन ।
मागेको रोटीले मेरो पेट भरिन्न मागेको (दिएको) टालोले मेरो लाज छोपिन्न भन्ने मनसायले बिदेशमा होईन स्वदेशमा नै केही गरी आफू,सम्बृद्ध भएमात्र देश सम्बृद्ध सम्पन बन्छ भन्ने मनसायले हामीले बिदेशमा रोजगार गर्ने होईन बिदेशी लाई हामीले रोजगार दिन आबस्यक छ । भनी यसको लागि ऊत्तम बाटो भनेको नेपालको पानी र जवानी लाई सदुपयोग भनी नेपालमा कृषि पेसालाई अंगालेर हामीले कृषी उत्पादनबाटै केही गर्न पर्दछ भनी आफु यस पेसामा संलग्न भएर आफु परिबर्तन भएर समाजलाई परिवर्तन रूपान्तरण गर्न कृषी पेसामा आबद्द हुन जमर्को गर्दैछु ।
जसले गर्दा नेपालमा रहेका युवा युवतीहरुलाई पनी थप ऊर्जा शक्ति प्रदान गरी बिदेश होईन स्वदेशमा कृषि पेसामा आधारित हुन प्रेरित गर्दछ । बिहान बेलुका घरको काम गरेर स्कुल पढे स्कुल समाप्ति पछि सरकारी जागिरको भुतले छोयो त्यसपछि नेपाली सेनामा प्रवेश गरेर सरकारको जागिर गरे ।
यसै समयमा शिक्षा लाई निरन्तरता दिन ब्यारेक बाटै कलेज भर्ना भए तर नोकरीले पनि मनमा सन्तुष्टि भएन र लगभग सत्र वर्षको जागिरे जीवनको यात्रालाइ बिट मारेर केही समय राजधानीमा संघर्ष गरे ।
तर के, बाट सुरू, गर्ने भन्ने बिषयमा बाटो बिराएर अलमलमा छु। मेरो जिन्दगीको नया सुरुवात गर्न हतारमा छू । तर गाउ समाज र आफन्तजनले यस्तो पेसा नगर भनी सुझाव दिनुहुन्छ । तर म आफ्नै रफ्तारले अगाडि बढने एक दृढ बिश्वास लिएर अगाडी बढेको छु। मेरो यात्रा काहाबाट र कसरी सुरु गर्ने भन्ने बिषयमा अन्योल छु ।
भोको पेट र खाली खल्तीले कमाउन सिकाउँछ भनी ट्रेकिङ पेसा अंगालेर नेपालको हिमाल टाकुरा हरू घुमे नेपालको मात्र नभएर तिब्बत कैलास मानसरोबर सम्म पुगे त्यसबाट पनी त्यती सन्तुष्ट हुन सकिन ।
मेरो जिवनको यात्रालाई तोडमोड गरेर बैदेशिक रोजगार लाई अंगालेर एक सामान्य कामदारको भिषामा श्रमस्वकृती लिएर बिदेश तिर लागियो । बिदेशी भूमिमा सामदाम र सान सबै हुन्थ्यो तर मनमा शान्ति सन्तुष्टि भने हुने थिएन।
त्यस पश्चात आफनो जन्मभूमी आफू जन्मेको ठाउमा केही गरौं, वाल्यकाल देखि आफुले खनजोत गरेको जमिनमानै कृषि तथा पशुपालन गरौं । पहिले पढेको पुर्ब ब्याबसायीक शिक्षाको सदुपयोग गरौ, जस्तो लाग्थ्यो ।
जब म यी कुरा हरु सोच्थे मनमा आनन्द लाग्थ्यो । अन्तत पन्ध्र वसन्तको वैदेशिक रोजगारीको यात्रा नेपाली रू. एक लाख असी हजारको आम्दानीलाई लात मार्दै आफ्नो जन्मथलो मातृभूमि नेपाल फर्किएँ । भुकम्पले तहसनहस बनाएको जमिन जता त्यतै पहिरो बिभिन्न अबरोधहरूको बाबजुद पनी आफ्नो अठोट साहस र कदमलाई नडकमकाई अगाडी बढ्न प्रयास गर्दैछु।
बाझो बसेको जमिन खन जोत गरेर घरमा पालिदै आएको गाई गोरू भैसी बाख्रालाई नै अबछिन्न रूपमा सुनिश्चित तरिकाले परिबर्तन र परिमार्जन गरी बिकसीत नया तरिकाले नया, सिराबाट कुनैपनी ब्याबसाय सन्चलन तथा सुरूवात गरेर बाटो मात्र देखाउन सकियो भने पनी एउटा ठुलो, संघर्ष र चुनौती पार, गरेको सम्झनु पर्दछ ।
तर के, बाट सुरू, गर्ने भन्ने बिषयमा बाटो बिराएर अलमलमा छु। मेरो जिन्दगीको नया सुरुवात गर्न हतारमा छू । तर गाउ समाज र आफन्तजनले यस्तो पेसा नगर भनी सुझाव दिनुहुन्छ । तर म आफ्नै रफ्तारले अगाडि बढने एक दृढ बिश्वास लिएर अगाडी बढेको छु। मेरो यात्रा काहाबाट र कसरी सुरु गर्ने भन्ने बिषयमा अन्योल छु । लगभग एक महिनाको अवधिमा बिभिन्न कुुटनितिज्ञ ब्यक्तीहरूको संंगत भयो खुुट्टा तान्ने हलो अड्काएर गोरू पिट्ने र अरुलाई हिलो छ्यापेर आफु खुसीयाली मनाऊने प्रबृती कायम छ मैले बुझेको छु यो राम्रो संग थाहा छ ।
जिवन एउटा संघर्ष हो, संघर्ष नगरी गरेको कामको कुनै मजा ईन्टेट नै हुदैन । त्यस कारण मलाई लाग्छ जे भयो ठिकै भयो जे हुन्छ त्यो पनी ठिकै हुनेछ आसा छ असफलता नै सफलताको प्रतिक हो । असफलताबाट र संघर्ष गर्न डराउने मानिसले कुनै काम गर्न सक्दैन।
मेरो मनसपटलमा सजिएको सपना, भनेको गाउमा बाख्रा, भैंसी, लोकल गाई, गोरू, लोकल कुखुरा, हास, बँदेल, माछा, बाख्रा, बट्टाई, परेवा, बङ्गुर पालन गर्ने, बिबिध तरकारी तथा फलफुल खेती र फार्म भित्र एक आकर्षक रिसोर्ट बनाइ आन्तरिक तथा बाहिय पर्यटनलाई आकर्षित गराउने र गाउलाई कृषि तथा कृषि र पर्यटनलाई एक बनाइ समाजसेवामा लागि पर्ने । मेरो सपना हो ।
मेरो एकल संघर्ष गर्ने प्रयत्न हो कृषि यात्राबाट मेरो सपनालाइ यथार्थमा बदल्न मेरो मनसपटलमा सजियको योजनालाइ वास्तविकतामा ल्याउन अहोरात्र लागि पर्नु मेरो कर्तव्य सम्झको छु ।
तर गर्दै जाँदा सपना र कल्पनामा सजिएको योजनालाई विशाल रुपमा परिणत गर्न खोज्दा केही बाधा अवरोधहरु सिर्जना हुनु सामान्य हुन्छ । सहज रूपमा स्विकार्न पर्द्दछ ।
तर आफ्नो सपना र योजनामा बिचलित नभई सबै कुरा लाई थाती राखेर अगाडि बढनुको मज्जा बेग्लै हुन्छ । बिना टक्कर बिना संघर्ष जितेको खेलको मज्जा न खेलाडी लाई हुन्छ न त दर्शकलाई नै मज्जा हुन्छ । बिना लडाई जितेको युद्ध आत्म समर्पण हो कायरहरूको कायर पन हो केटाकेटीको बालहठ हो ।
जय कृषि प्रधान देश जय स्वाभिमान !
वि.सं.२०७७ असोज २४ शनिवार १६:२२ मा प्रकाशित






























