काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ । मन्त्री भट्टराईले जानकारी दिएअनुसार शनिबार गरिएको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो ।
भट्टराईले जानकारी दिएअनुसार उनमा हल्का ज्वरोसहितको लक्षण देखिएको छ । काठमाडौं बाहिरबाट फर्किएका भट्टराईलाई शुक्रबार बेलुकादेखि ज्वारो देखिएको हो । गत सोमबार गरिएको कोरोना परिक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो ।
भट्टराईले आफ्नो फेसबुक पेजमार्फत आफुँलाई कोरोना देखिएको जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई सतर्क रहन र कुनै समस्या देखिएका परिक्षण गर्न आग्रह गरेका छन् ।
वि.सं.२०७७ असोज २४ शनिवार १९:२४ मा प्रकाशित






























