back
CTIZAN AD

‘टन्सिलले निम्त्याउन सक्छ मुटुरोग’

वि.सं.२०७७ असोज २४ शनिवार

1.1K 

shares

२४ असोज,काठमाडौँ । घाँटीमा व्याक्टेरियाको सङ्क्रमणबाट टन्सिल हुने गर्छ । टन्सिललाई हामीले सामान्य रुपमा लिएर खासै उपचार गर्दैनौँ । त्यही हेल्चेक्र्याई नै पछि मुटु जस्तो संवेदनशील अङ्गमा जटिल प्रकारको रोग लाग्न सक्छ । यस्तो समस्याले धेरै मानिसको अकालमा ज्यान गुमाउनुपरिरहेको चिकित्सकले बताएका छन् ।

मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी झण्डै ९९ प्रतिशत मानिसलाई उक्त कुराबारे थाहा नभएको दावी गर्छन् । डा रेग्मी एक सय रुपैयाँमा उपचार हुने टन्सिलको सही उपचार नगर्दा तीन लाखसम्म खर्च लाग्ने मुटुरोगको जटिल समस्याबाट प्रभावित हुने गरेको बताउँछन्। उनका अनुसार प्रायः यस्तो समस्या पाँचदेखि १५ वर्षसम्मका बालबालिकामा हुने गर्दछ ।

सोही समस्या मुलुकका विपन्न परिवारमा रहेकाले सोही विषयलाई चित्रण गर्दै उनले ‘टन्सिलले विगारेको मुटु’ नामक पुस्तक बजारमा ल्याएका छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले आज काठमाडौँमा उक्त पुस्तकबारे गरेको अन्तरक्रियामा डा रेग्मीले आमनेपाली सचेत हुन सकुन् भन्ने उद्देश्यले पुस्तक प्रकाशित गरेको बताए ।

उक्त समारोहमा शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका बाल–मुटु रोग विशेषज्ञ डा उर्मिला शाक्यले टन्सिल सामान्य रोग जस्तो लागे पनि यसको कारणले मुटुमा जटिल प्रकारको रोग लाग्न सक्ने तर्फ ध्यानाकर्षण गराइन् । उनका अनुसार बालबालिकामा शुरुमा जिवाणुका कारण टन्सिल हुने र त्यो बिग्रिएपछि बाथ ज्वरो आउँछ । बाथले मुटुका माङ्सपेशी र भल्बलाई असर गर्छ । त्यो नै बाथ–मुटुरोग हो ।

जनस्वास्थ्य विज्ञ डा अरुणा उप्रेतिले उक्त डा रेग्मीको पुस्तक सर्वसाधारण नागरिकले मात्रै नभई हरेक स्वास्थ्यकर्मीले पढ्नै पर्ने धारणा राखिन् । “यो पुस्तकमा राजनेता वा चिकित्सकले नै रोगबारे वास्ता नगरेको वा थाहा नपाएको कुरा उल्लेख छ”, पुस्तकमाथि टिप्पणि राख्दै डा उप्रेती भन्छिन्, “बाथ जोर्नीमा बस्छ, तर यसले मुटु खान्छ भन्ने कुरा किताबमा स्पष्ट रुपमा राखिएको छ ।”

अग्रज साहित्यकार तुलसी दिवसले स्वास्थ्य जस्तो विषयगत मान्छेले लेखेको पुस्तकमा मानिसका संवेदनाहरु पत्रैपत्र उनेर पुस्तकाकारको रुपमा प्रस्तुत गर्ने शिर्जनशील कलाका लागि लेखकको प्रशंसा गरे । उनले रोगबाट मानिसको जीवन जोगाउन डा रेग्मीले भौतिक रुपमा मात्रै नभई पुस्तकमार्फत समेत ठूलो योगदान गरेको स्मरण गरे ।

साहित्यकार श्रीओम ‘रोदन’ले लाखौँ मुटुको ढुकढुकी सुनेका डा रेग्मीले अक्षरमार्फत विरामी भएका, विरामी नभएका र उपचारमा संलग्न चिकित्सका लागि समेत पुस्तकमार्फत सचेत गराएको बर्ताए । बाथ–मुटुरोग गरिबी र अशिक्षाबाट प्रभावित बालबालिकाका लागि ठूलो समस्या हो । यस रोगका कारण नेपालमा वर्षेनी एक हजार बालबालिकाको ज्यान जाने गरेको जनाइएको छ । वार्षिक ८०० मानिसको यही रोगको कारणले मुटुको भल्भ फेर्नुपर्ने अवस्था रहेको छ । हजारौँ मासिन यस रोगबाट प्रभावित रहेका छन् ।

सामान्य टन्सिल रोगका कारण उत्पन्न हुने बाथ–मुटुरोग बारे मुलुकका ९९ प्रतिशतलाई जानकारी नभएर यो रोग छायामा परेकाले जनचेतना जगाउन पुस्तकका माध्यामबाट यो प्रयास गरिएको डा रेग्मी बताउँछन्। उक्त पुस्तकमार्फत डा रेग्मीले समाजका विपन्न वर्गका बालबालिकाको जटिल मुद्दालाई उठाउने प्रयास गरेका छन् ।

पुस्तकमा उनले बाथ–मुटुरोगका विविध पक्षका बारेमा सरल भाषामा उल्लेख गरेका छन् । पुस्तकमा नेपाली समाजको चित्र र रोगीको बेदना समेटिएकोे अन्तरक्रियाका सहिभागिको विचार थियो । केटाकेटी समयमा घाँटी दुख्ने र टन्सिल हुने अवस्था आउँछ । टन्सिल र बाथका कारण बालकालिकाको मुटुलाई कसरी क्षति पु¥याउँछ र यसबाट कसरी बच्न सकिन्छ भन्ने कुरा मिहिन ढङ्गले पुस्तकमा प्रस्तुत गरिएको छ । उक्त पुस्तक विद्यार्थी, शिक्षक, सामाजिक व्यक्ति, राजनीतिज्ञ मात्रै नभइ स्वयं स्वासथ्यकर्मीका लागि समेत उपयोगी रहेको जनाइएको छ ।

एक जना मुटु रोगबाट प्रभावित भई डा रेग्मीबाट उपचार सेवा लिएकी विजया नापितले ‘टन्सिलले बिगारेको मुटु’ पुस्तक आफ्नै जीवनसँग मेल खाने रहेको उल्लेख गर्दै स्वास्थ्यमा बेलैमा ध्यान दिन सके रोगबाट बच्न सकिने धारणा राखिन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका संस्थापक कोषाध्याक्ष डा खेम कोइरालाले उक्त पुस्तकको बिक्रीबाट आएको रकम बाथ­मुटु रोग रोकथामका लागि स्थापित अक्षयकोषमा जम्मा हुने जानकारी दिए । विगत ३३ वर्षदेखि मुटु रोगको उपचारमा संलग्न डा रेग्मीका झण्डै एक दर्जन पुस्तक प्रकाशित छन् । उनले २०५४ सालबाट पुस्तक प्रकाशन थालेका थिए।(रासस)

वि.सं.२०७७ असोज २४ शनिवार १९:२७ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...