back
CTIZAN AD

विषयगत शिक्षकहरु शिक्षणको तयारीमा

वि.सं.२०७७ असोज २४ शनिवार

621 

shares

२४ असोज, काठमाडौँ । सरकारले यसै शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा अनिवार्य विषयका रुपमा सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा समावेश गरेपछि विषयगत शिक्षकहरु शिक्षणको तयारीमा लागेका छन् । विषयगत शिक्षकले माथिल्लो कक्षासम्म पहिलो पटक उक्त विषय समावेश भएपछि आफूहरुलाई सरकारले प्रवोधीकरण छिटो गराउनुपर्ने आवाज उठाउँदै आफ्नो तहबाट पनि बहश र प्रशिक्षणमा जुटेका छन् ।

‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कसरी पढाउने ?’ विषयक शिक्षा पत्रकार समाज र सामाजिक अध्ययन शिक्षक समाजले आज आयोजना गरेको भर्चुअल बहसमा शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले ‘सामाजिक अध्ययन र जीवनोपयोगी’ शिक्षा कसरी पढाउने ?’ शीर्षकमा आफ्नो प्रवचन दिए । डा कोइरालाले सामाजिक अध्ययन, समाज विज्ञान र जीवनोपयोगी सीप जोडिएर यो विषय तयार भएकाले विद्यार्थीको जिज्ञाशालाई मिल्ले खालका प्रश्नलाई समूहकृत गरी उत्तर दिने कोशिश गरेर खाने लाउने चलन तथा घर परिवार र विद्यालय आसपासकै विषयमा अनुसन्धानात्मक ढङ्गले सिकाउन सकिने बताए । उनले स्थानीय जातजातिको अध्ययन र परिवेशबारे बुझाएर र अध्ययन गराएर उक्त तहमा सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा दिन सकिने जनाए । आफ्नो परिवार र छिमेकीको अन्तरसम्बन्ध के हो ? गरिबीको चक्र कसरी घुम्छ ? कसका बाबु आमाका कस्ता दर्शन र सांस्कृतिक परम्परता छन् ? जस्ता विषयमा विद्यार्थीलाई अन्तरक्रिया गराउन सुझाव दिए ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक रेणुका पाण्डेले सिकेका कुरालाई जीवनमा अपनाउन सहयोगी गराउन कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन र जीवनोपयोगी’ शिक्षा समावेश गरिएको बताउँदै सरकारले गरेको निर्णय लागू हुँदैन भन्ने आशङ्का नराख्न आग्रह गरिन् । उनले दशै अगाडि पाठ्यक्रमको मुद्रणीय प्रति तयार हुने र त्यसपछि शिक्षकलाई प्रवोधीकरण गरिने जानकारी दिइन् ।

शिक्षक समाजका अध्यक्ष डिल्ली शर्माले सामाजिक अध्ययनले विद्यार्थीलाई अशल नागरिक बनाउन प्रेरणा दिने बताए भने सामाजिक अध्ययनका पाठ्यपुस्तक लेखक गोविन्द भण्डारीले सामाजिक अध्ययन संविधान, सङ्घीयता र समावेशीताका सन्दर्भमा समय सान्दिर्भिक भएकाले यसको कार्यान्वयन हुनु सकारात्म पक्ष भएको बताए । (रासस)

वि.सं.२०७७ असोज २४ शनिवार १९:४० मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...