२५ असोज, काठमाडौं । अनशनरत डा. गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति भएको छ ।
२७ दिनदेखि आमरण अनशन बसेका डा. केसी र सरकारका तर्फबाट वार्ता टोलीका संयोजक गोपी मैनालीले शनिबार मध्यराति ८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति पत्रको २ नं बुँदामा कोभिड १९ को उचित व्यस्थपानका लागि पिसीआर परीक्षण विस्तार गर्नुका साथै कोभिड तथा अन्य रोगको उचित उपचारका लागि आवस्यकता अनुसार सरकारी अस्पतालको क्षमता विस्तार गरिने बताइएको छ ।
त्यस्तै बुँदा नं ४ मा विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समिति तथा कार्य दलले दिएको सुझाव अनुरुप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्थाका लागि प्रस्तावित उच्च शिक्षा सम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी विधेयकमा उक्त सुझावलाई समेट्न तीन साताभित्र मस्यौदा तयार गर्ने । उक्त कानुन व्यवथा नहुन्जेल वरिष्ठता र कार्यक्षमता आाधर मानि पदाधिकारी नियुक्त गर्ने बताइएको छ । डा. केसीले आज अनशन तोड्ने बताइएको छ ।

यस्तो छ सहमतिको पूर्ण विवरण


वि.सं.२०७७ असोज २५ आइतवार ०७:०७ मा प्रकाशित






























