back
CTIZAN AD

हातहतियारसहित डाका गाउँमा पसेको भन्दै स्थानीयबासी त्रसित

वि.सं.२०७३ पुस २३ शनिवार

972 

shares

karatung-gauदेबेन्द्र केसी, २३ पुस, छापचौर, नयाँदिल्ली । हातहतियार सहित चोरहरु गाँउ पसेको हल्ला सुनेपछि भुर्तुड्ग गाविस, कराड्गतुड्गका स्थानीयहरु त्रसित बनेका छन ।
गाँउलेहरुले पालैपालो गरेर मुख्य बाटो र टोलहरुमा गश्ती गरिरहेका छन । कराड्गतुड्ग पोखरी डाँडा निवासी जित बहादुर क्षेत्रीले भरुवा बन्दुक र खुकुरी लिएका तिनजना मुख छोपेका चोरहरु भवराँको चौरमा देखेको सुचना दिएपछि गाँउमा त्रास बढेको हो ।
गाँउलेहरुले संयुक्त गश्ती गर्न छापचौर स्थित प्रहरी प्रशासनलाई खबर गरेपनि शुक्रबार अपराह्न मात्र गाँउ पुगेको थियो प्रहरी । “हाम्रो टोली दिनभरि स्थानीयको साथमा पलुवा, भवँरा , पोखरीडाँडा , केराउछरे, फल्लाट र कराड्गतुड्ग पुग्यो तर त्यस्तो गतिविधि कतै देखिएन बरु बाघको त्रास र बिगबिगी देखियो । सर्वसाधारणलाई निर्धक्क रहन र आवश्यक परे प्रहरीलाई खबर गर्न लगाएर हामी फर्कियौ” भुर्तुड्ग प्रहरी ईन्चार्ज असई भेषराज यादवले भने ।
“हामीहरु टोली बनाएर कराड्गतुड्ग स्कूल, कमेरापानी र करानथाना मा टोली बनाएर गश्ती गरिरहेका छौ । प्रशासनले केहि परेमा बोलाउन भनेको छ” कराड्गतुड्गका प्रदिप केसीले भने । सबै भन्दा त्रास बुढाबुढी र महिलाहरुमा रहेको छ । चोरको डरले स्थानीय जंगल पनि जान छोडेका छन ।

वि.सं.२०७३ पुस २३ शनिवार ०३:३३ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...