back

अमेरिकामा रहेकी रिना श्रेष्ठ जावदको हत्या अभियोगमा उनका श्रीमान पक्राउ

वि.सं.२०७३ पुस २३ शनिवार

774 

shares

reena-hatyaविजय थापा, अमेरिका । अमेरिकाको भर्जिनिया राज्यको मेकानिक्सभिलमा बसोबास गर्ने ३० बर्षिय नेपाली चेली रिना जादव (श्रेष्ठ) को हत्या भएको समाचार छ ।
उनी मृत अवस्थामा फेला पर्दा उनका पतिको कपडाले बेरिएको प्रहरीले प्राप्त गरेको छ । र उनलाई भुत्ते हतियारद्वारा बलपूर्वक हिर्काएर मारिएको ठहर चिकित्सा अनुसन्धान परिक्षण अधिकारीले गरेका छन ।

हानोभर काउन्टी प्रहरी अधिकृत अनुसार उनलाई मारिएको भोलि पल्ट आफु बस्ने घर नजिकै बारीमा उनको शब फेला पारेको थियो । उनको पति हर्षद कुमार जादव लाई पत्नीको हत्या गरेको अभियोगमा पकाउ गरेर मुद्धा चलाईएको छ ।
भारतीय मूलका ३३ बर्षिय सुसंख्या विश्लेषक (कम्पुटर प्रोग्रामर) लाई जब आफ्नै घरमा पक्राउ गरियो उनको साथमा १० हजार डलर नगद तथा राहदानी समेत प्राप्त भएको अदालतमा वादीले बताएका थिए ।

आरोपी जादव भाग्ने शुरमा हुन सक्ने बताएता पनि उनका वकिलले त्यो कानुनी परामर्शको लागि उनले रकम ल्याएको तर्क गरेका छन । जादवले धरौटीमा छुट्न पाउ भन्दै दिएको निबेदनलाई अदालतले अस्विकार गरेकोमा बहिनीले न्या पाउनेमा मृतक रिनाको दाजु गौरब श्रेष्ठ ढुक्क भएको बताएका छन् । उनले सिविएस ६ लाई बिधुतिय डाक (इमेल) मार्फत जानकारी दिएको डब्लुटिभीआर डट कममा समाचार छ ।
दाजु गौरब श्रेष्ठले रिनाले न्याय पाउने छिन् भन्ने कुरामा समेत आशाबादी रहेको उक्त पत्रिकामा दिएको अन्तर्वार्तामा लेखेको छ । उनले ३० बर्षसम्म संगै बसेकी आफ्नी बहिनीको हरेक कुरा सम्झना रहेको र झल्झली याद आउने उनले बताएका थिए ।

छिमेकिहरुले दिएको बयान अनुसार हत्या हुने दिन राति ११ बजे तिर चिच्याएको आवाज सुनिएको थियो । हत्या भएको अर्कोूदिन बिहान ५ बजेर ४३ मिनेटमा रिनाको लाश हानओभर काउन्टी प्रहरी कार्यालयले फेला परेको थियो । मृतक रिना र आरोपी उनका पति हर्षद कुमार जादव अर्कार्ड मिडो सडकको १० हजार १ सय भवनमा बस्दथे ।

रिनाको बिबाह भएको ४ बर्ष पुगिसकेको भएपनि सन्तान नभएको उनका दाजुले जानकारी दिएका छन । अमेरिकाको श्रम दिवसको दिन बिहान रिनाको शव नजिक सवारी साधनको गाडीको बत्ती बलिरहेको र चालक तर्फको ढोका पनि खुला पाईएको थियो । हानओभर काउन्टी सर्कुट अदालतबाट गिरफ्तारी अधिकार लिदै प्रहरीले रिनाको पतिको घरमा छापा मारेको थियो ।

दाजु गौरबका अनुसार आफ्नी बैहिनी निकै प्रतिभाशाली कलाकार समेत थिइन् ।श्रोतका अनुसार रिना चित्रकला बनाउन रमाउने र बासुरी समेत बजाउने गर्थिन । रिनाले बैंकमा जागिरे रहेको पनि उनका दाइ गौरवले बताएका छन् ।
हाल रिनाका पति हर्षद कुमार जादवलाई पामुङ्के क्षेत्रीय कारागारमा राखिएको जानकारी प्रहरी अधिकृतले दिएका छन ।

रिनाको हत्या गत सितम्बर ५ ,२०१६ तारिखमा भएको हो भने उनका आरोपी पति हर्षद कुमार जादवलाई सितम्बर १२ ,२०१६ तारिखमा गिरफ्तार गरिएको छ । रिनाको दाह संस्कार सितम्बर १० ,२०१६ तारिख रिचमण्ड स्थित ब्लिलेज स्टाप्ल्स मिलमा नजदिकका आफन्त तथा नातेदार बिच गरिएको समाचार स्थानीय पत्र पत्रिकाले लेखेका छन ।
अमेरिकामा रहेका पत्रकार विजय थापाले भर्जिनियाबाट प्रकाशित हुने स्थानीय विभिन्न पत्रपत्रिका तथा अनलाइन मेडियालाई आधार बनाएर सो समाचार तयार गरेका छन् ।

वि.सं.२०७३ पुस २३ शनिवार ०३:५५ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी...

देशलाई गलत दिशामा जान नदिने अध्यक्ष ओलीको प्रतिबद्धता

देशलाई गलत दिशामा जान नदिने अध्यक्ष ओलीको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

दमौली (तनहुँ) ।नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने...

राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको...

आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै, तीन लाख सहभागी हुने

आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै, तीन लाख सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि...

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

नवलपुर । देवचुली नगरपालिका नवलपुरमा राहात दरबन्दीमा कार्यरत एक शिक्षिका...