back
CTIZAN AD

जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना देखिए पछि बागलुङ नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द

वि.सं.२०७७ असोज २६ सोमवार

903 

shares

२६ असोज, गलकोट । नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुिष्ट भएपछि नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिए ।

नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा बागलुङ बजारका स्थानीयमा कोरोना पुिष्ट भएपछि अनिश्चतकालका लागि नगरपालिकाको सेवा बन्द गरिएको उनले बताए ।

बागलुङ जिल्लामा शनिबार मात्रै ४७ जनामा कोरोना पुष्टि भएका थियो । ती मध्ये अधिकांश बागलुङ बजार क्षेत्र आसपासका रहेका जनाइएको छ । नगरपालिकाको एक जना स्वास्थ्यकर्मी र एक जना जनप्रतिनिधिमा सङक्रमण भएपछि अहिले कन्ट्रयाक्ट ट्रेसिङ भइरहेका कारण नगरपालिकाको सेवा बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । उनले बागलुङ बजारमा दशै तिहारको किनमेलका कारण अनावश्यक भीडभाड भएका कारण जोखिम बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आग्रह गरे ।

नगरपालिकाले नगरपालिकाको कार्यालय सहित १४ वटै वडामा अत्यावश्यक सेवा बाहेका काम बन्द गरिएको हो । बागलुङमा हालसम्म ५२५ जनालाई सङ्क्रमण भएको छ । ती मध्ये ३६७ जना कोरोना मुक्त भएका छन् भने एक जनाको मृत्यु भइसकेको छ । बागलुङमा हाल सक्रिय सक्रमितको सङ्ख्या १५७ जना रहेको छ ।

वि.सं.२०७७ असोज २६ सोमवार ०६:४६ मा प्रकाशित

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...