back
CTIZAN AD

बुढीगण्डकी परियोजनामा उच्चस्तरीय र निष्पक्ष छानबीन गर्नुपर्दछ : बाबुराम भट्टराई

वि.सं.२०७७ असोज २६ सोमवार

1.1K 

shares

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बुढीगण्डकी परियोजनामा भएको भ्रष्टाचारको छानविन गर्न माग गरेका छन् । उनले उच्चस्तरीय र निष्पक्ष छानविनको माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत भट्टराईले आफुँले छानविन प्रक्रियालाई सहयोग गर्ने पनि बताएका छन् । भट्टराईले भनेका छन्, ‘मेरो प्रमकालमा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना पछिल्ला सरकारले कमीसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानवीनको माग गर्दछु।त्यसलाई सहयोग गर्न प्रतिबद्ध छु।’


केही दिनअघि भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवासहित नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परियोजनाबाट ९ अर्ब बाँडेर खाएको बताएका थिए । उनले ९ अर्ब खाएको प्रमाण आफुँसँग भएको पनि बताएका थिए ।

भट्टराईको भनाई सार्वजनिक भएलगत्तै नेपाली कांग्रेसले भने विज्ञप्ती नै निकालेर प्रमाण पेस गर्न चुनौति दिएको छ । कांग्रेसले चुनौति दिएसँगै उनले छानविनको माग गरेका हुन् ।

वि.सं.२०७७ असोज २६ सोमवार ११:३७ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...