२६ असोज, काठमाडौं। झापा, मेचीनगरमा लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तु सहित २ जना आइतबार पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-७ इँटाभट्टा पेट्रोल पम्प नजिकबाट १ सय ५७ ग्राम अवैध लागूऔषध सहित उनिहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका-७ का ३५ वर्षीय सुवाश दर्जी र सोही नगरपालिका-८ का ३५ वर्षीय सञ्जिव राजवंशी रहेका छन् । उनिहरुको थप अनुसन्धान भईरहेको झ्mापा प्रहरीले जानकारी दिएको छ ।
वि.सं.२०७७ असोज २६ सोमवार १४:१३ मा प्रकाशित






























