back
CTIZAN AD

काठमाडौंमा वर्षेनि प्रदूषण बढ्दै गएकोमा विज्ञहरूको चिन्ता

वि.सं.२०७७ असोज २६ सोमवार

618 

shares

२७ असोज । काठमाडौँमा वर्षेनी वातावरणीय प्रदुषण बढ्दै गएको भन्दै विज्ञहरूहरुले चिन्ता व्यक्त गरेका छन् ।
विज्ञहरूले नेपालमा वायु प्रदूषण, वन विनास, जलवायु परिवर्तन, सुख्खा, बाढीपहिरोसँगै प्राकृतिक स्रोतको दोहन वातावरणीय समस्याका रुपमा बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनएं) ले आयोजना गरेको ‘दोस्रो अन्तर्राष्ट्रिय ज्ञान सम्मेलन’ मा विज्ञहरूले काठमाडौंमा अनियन्त्रित सहरीकरण र सवारीसाधनका कारण प्रदूषण हरेक वर्ष बढ्दै गएको तथा अन्य क्षेत्रमा वन विनास, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको दोहनका समस्या बढ्दै गएका बताएका हुन्।

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले विकासका हरेक क्रियाकलापमा वातावरणीय पक्षलाई सँगसँगै लैजानुपर्ने बताए। सरकारले दिगो विकासका लक्ष्यलाई आत्मसाथ गर्ने निर्णय गरेको उल्लेख गर्दै उनले आईईई र इआईए कार्यान्यन नहुँदा वातावरणीय मुद्दा झन पेचिलो बन्दै गएको बताए।

आइतबार भएको ‘दिगो वातावरण सत्र’ मा वन तथा वातावरण मन्त्रालायका सचिव डा विश्वनाथ ओलीले काठमाडौंमा वायु प्रदूषणको समस्या चुनौतीको रुपमा बढ्दै गएको स्वीकार गर्दै त्यसका लागि सरकारले एक्सन प्लान स्वीकृत गरिसकेको बताए। ‘तीनवटै सरकारको सहकार्यमा सञ्चालन हुने गरी काठमाडौंको प्रदूषण नियन्त्रण गर्न एक्सन प्लान स्वीकृत भइसकेको छ, यही वर्षदेखि सञ्चालनमा जान्छ,’ उनले भने। उनले लकडाउनको अवधिमा काठमाडौंमा तुलनात्मक रुपमा प्रदूषण घटेको पनि जानकारी दिए ।

जलवायु परिवर्तन, जलाधार संरक्षण, पानीका स्रोत र वन्यजन्तु संरक्षणका संरक्षित क्षेत्र नै घोषणा गरेर संरक्षणको काम भइरहेको बताए। राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षको उदाहरण उनले दिए । उनले स्थानीय सरकरमा जनशिक्तको कमी हुँदा आइईई र इआइए कार्यान्वयनमा केही समस्या देखा परेको स्वीकार गरे ।

प्राडा मदन कोइरालाले स्वच्छ वातावरणमा बाच्न पाउने मौलिक हक रहे पनि प्रदूषण बढ्दै जाँदा नागरिकले स्वच्छ वातावरण पाउन नसकेको बताए । आइईई, इआइए दिगो विकासका उपकरण भएपनि नाम मात्रको प्रतिवेदन बनाएर अगाडि बढ्ने गरेको उनले बताए।
वायु प्रदूषण नियन्त्रणका लागि विश्वले नै अनुकुलका कार्यक्रम सञ्चालन गर्नुका साथै विद्युतीय गाडीलाई बढवा दिए पनि नेपालमा कर थुपारेको भन्दै उनले असन्तुष्टि जनाए।

चिकित्सक समेत रहेका एनरआएनए अमेरिकाका पूर्वअध्यक्ष डा केशव पौडलले सहरी वातावरण प्रदूषित हुँदा त्यसको असर मानजीवनमा परिरहेको बताए। उनले सातौं प्रदूषित मुलुकको सहरमा काठमाडौं रहेको उल्लेख गर्दै प्रदूषणका कारण दीर्घरोगीहरू बढिरहेको बताए ।
प्राडा दुर्गा पौडेलले प्राकृतिक स्रोतलाई जोगाउने गरी विकास गर्नुपर्ने बताए । उनले विकास गर्दा वातावरणीय पक्षल जल, जमिन, जंगल, जनावरण र जलवायुलाई ख्याल गर्नुपर्ने बताए।

त्रिवि, वातावरण विभाग विभागका प्राध्यापक डा रेजिना मास्केले काठमाडौं उपत्यकामा वातावरण प्रदूषणको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सवारीसाधन, कलकारखाना, इटाभट्टा, भुवनावट र कृषि क्रियाकलापका कारण उपत्यकामा वायु प्रदूषण उच्च रहेको र त्यसमा पनि ८० प्रतिशत प्रदूषण फ्रेबअरी र मार्चमा हुने गरेको बताए।

विश्व खाद्य कार्यक्रम भारतका प्रतिनिधि विश्व पराजुलीले जलवायु परिवर्तन र खाद्य उत्पादन चक्रका बारेमा प्रस्तुतिकरण गरे । उनले जलवायु परिवर्तन खाद्य सुरक्षासँगसँगै जोडिएको बताए। जलवायु परिवर्तनका कारण अतिविष्टि अनावृष्टिका घटना बढेको र यसले खाद्य उत्पादनमा असर गरिरहेको उनको भनाइ छ।

एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का महानिर्देशक डा। डेभिड मोल्डेन हिमाली वातावरण र जलवायु परिवर्तनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।  २ सय ४० मिलियन नागरिक हिन्द–कूश क्षेत्रमा बसोबास गर्ने गरेको उल्लेख गर्दै उनले उनीहरू जल एवं कृषिमा आधारित जिविकोपार्जन गरिरहेको बताए।

तर, पछिल्लो पटक विश्व तापमानसँग हिमालय क्षेत्रमा तापमान पनि बढिरहेकाले यसले मानव जीवन चक्रमै असर गर्ने गरेको मोल्डेनले बताए । हिमाली क्षेत्र र सेरोफेरोका देशले कार्बन उत्सर्जन घटाउनुका साथै नवीकरणीय ऊर्जाको विस्तारमा लाग्नुको विकल्प नरहेको उनको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा गोपी उप्रेतिले दिगो वातावरण र विकास मापदण्डका बारेमा कार्यपत्र प्रस्तुत गरे। उनले विकास निर्माणका काम गर्दा वातावरणीय क्षेत्रलाई भुल्न नहुने बताए ।

प्राडा मोहनबहादुर डाँगीले फोहोर व्यवस्थापनका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कुहिने र नकुहिने फोहरलाई छुट्टाछुटै व्यवस्थापन गर्नुपर्ने बताए। डाँगीले अहिले फोहोरको सही सदुपयोग गर्न नसक्दा पनि प्रदूषण भइरहेको र प्लास्टिकजन्य प्रदूषण चुनौती बन्दै गएको बताए।
कार्यक्रममा प्राध्यापक दुर्गा पौडेल, मेदनी भण्डारी, सन्तोष चौधरी, दुर्गादत्त पौडेल, मदनप्रसाद भण्डारी, अमोद कर्माचार्य, कविन्द्र शाक्य, भुवनेश्वर ढकाल,हेमन्त तिवारी, वसन्त गौतले कार्यपत्रसँगै वातावरण संरक्षण सम्बन्धमा आफ्नो विचार व्यक्त गरेका थिए ।
एनआरएनएका युवा कोर्डिनेटर हिमाल गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।

वि.सं.२०७७ असोज २६ सोमवार १९:४५ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...