back
CTIZAN AD

काठमाडौका विभिन्न ठाउँमा मंगलबार बिहानभर बत्ति जाने, हेर्नुस् ती ठाउँहरु

वि.सं.२०७७ असोज २६ सोमवार

732 

shares

२६ असोज, काठमाडौँ । भोलि मंगलबार काठमाण्डौका विभिन्न ठाउँमा बिहानभर बत्ति जाने भएको छ ।
काठमाण्डौका विभिन्न ठाउँमा मर्मत सम्भार गर्नुपर्ने भएकोले मंगलबार बिहान साढे ६ देखि १० बजेसम्म बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सबस्टेशन अगाडिबाट पचली भैरव, उद्योग वाणिज्य महासङ्घ, टेकुचोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपर मार्केट अगाडि सम्म, टेकु वंशीमार्ग, सुकुम्बासी जाने बाटोसम्म बत्ती जाने जनाएको हो ।

त्यस्तै कालीमाटी फिडर अन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ हुँदै हनुमन्ते भिमसेन स्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पिटल अगाडि, टङ्गाल, भरुङ्गखेल, क्षेत्रपाटी चोक, ढल्कोचोकसम्म र भीमसेनस्थान फिडर अन्तर्गत पर्ने अण्डरग्राउण्ड हुँदै टेकु नेशनल ट्रेडिङ बाहिरपटी,काठमाण्डौ बिजनेश पार्क हुँदै वडा नं १२ को कार्यालय, ब्रम्हटोल, जैसीदेवल चोक, ज्याबहाल चिकमुगल, भीमसेनस्थान, सरुगल्लीको ट्रान्सफर्मरसम्म बिहान १० बजेसम्म बत्ती जाने भएको हो ।

तोकिएको समयअघि नै काम सकिए बत्ती सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ ।

हटलाइन सेवा बन्द
प्राधिकरणले नेपाल विद्युत प्राधिकरणको हटलाइन सेवा वन्द रहने जनाएको छ । नेपाल विद्युत प्राधिकरणको हटलाइन सेवा ११५० मा कार्यरत कर्मचारीलाई कोभिड १९ स‌‍क्रमण देखिएको हुँदा उक्त कार्यालय सिल गर्नुपरेकोले हटलाइन सेवा ११५० केहि दिनको लागी वन्द गरीएको जनाइएको छ

वि.सं.२०७७ असोज २६ सोमवार १९:२४ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...