२६ असोज, काठमाण्डौं । नेपालमा सोमबार ( २६ असोज) सम्म पिसीआर प्रविधिबाट ११ लाख ९१ हजार ५१४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १४,५३० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३३,८८० जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १३,९२३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १९,९५७ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २७९ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३०, प्रदेश २ मा २०, बागमती प्रदेशमा १५५, गण्डकी प्रदेशमा ६, लुम्बिनी प्रदेशमा४७ र कर्णाली प्रदेशमा १९ र सुदुरपश्चिम प्रदेशमा २ जना गरी जम्मा २७९ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा १५ जना, बागमती प्रदेशमा ४६ र लुम्बिनी प्रदेशमा ६ जना गरी जम्मा ६७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला मोरङ, सुनसरी काठमाडौ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, बाँके, रुपन्देही र सुर्खेत गरी १० वटा रहेका छन् । देशैभरीका ७७ जिल्ला मध्ये मनाङ मात्र संक्रमित शून्य रहेको जिल्ला बनेको छ ।
त्यस्तै आज थपिएका ४,०४७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।। साथै आज १४७३ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७७ हजार २७७ पुगेको छ । आज ९ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।
आज काठमाडौं उपत्यकाका २२८३ सहित ४,०४७ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका २२८३ जनासहित देशैभरी ४,०४७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १८८८ ललितपुरमा २७७ र भक्तपुरमा ११८ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ५, उदयपुरमा २, ओखलढुंगामा २, खोटाङमा २, झापामा ७१, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा २, भोजपुरमा १, मोरङमा २२३, संखुवासभामा १, सुनसरीमा २४९ र सोलुखुम्बुमा १ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा २५, पर्सामा १७, बारामा ११, महोत्तरीमा ८, रौतहटमा १३, सप्तरीमा २१, सर्लाहीमा ८ र सिराहामा ११ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा १८८८, काभ्रेपलान्चोकमा ९०, चितवनमा ७७, दोलखामा ७, धादिङमा १२, नुवाकोटमा ११, भक्तपुरमा ११८, मकवानपुरमा ७५, रसुवामा ६, रामेछापमा १४, ललितपुरमा २७७, सिन्धुपाल्चोकमा २५ र सिन्धुलीमा १ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ७६, गोरखामा ३, तनहुँमा ३७, नवलपरासीपुर्वमा ६५, पर्वत, मुस्ताङ र म्याग्दीमा १÷१ जना, लमजुङमा २१, बाग्लुङमा ८ र स्याङजामा ११ जना संक्रमित थपिएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा ८, गुल्मीमा १०, दाङमा १३, नवलपरासीमा २४, पाल्पामा १४, प्युठानमा २६, बर्दियामा २६, बाँकेमा ९, रुपन्देहीमा १२५ र रोल्पामा २ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको जुम्लामा ९, दैलेखमा १३, सल्यानमा ३, सुर्खेतमा १०१ र हुम्लामा ४ जना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको अछाममा ३, कन्चनपुरमा १८, कैलालीमा ६५, डडेल्धुरामा ६, डोटीमा १, दार्चुलामा ६, बझाङमा ४, बाजुरामा १ र बैतडीमा १२ जना संक्रमित थपिएसँगै आज देशैभरी ४,०४७ जना संक्रमित थपिएका छन् । जसमा महिला १५६५ र पुरुष २,४८२ जना रहेका छन् ।
आज थपिएका ४,०४७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।
आज १४७३ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या ७७ हजार नाघ्यो
नेपालमा आज १४७३ जना कोरोना संक्रमित संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १४७३ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका १४७३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७७ हजार २७७ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ६,६८७, प्रदेश २ मा १५,०९०, बागमती प्रदेशमा २९,३८९,गण्डकी प्रदेशमा ४,२५५, लुम्बिनी प्रदेशमा १०,७८१, कर्णाली प्रदेशमा ३,४८० र सुदूरपश्चिम प्रदेशमा ७,५९५ जना गरी हालसम्म जम्मा ७७ हजार २७७ जना निको भएका हुन् ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ४२९, प्रदेश २ मा १६३, बागमती प्रदेशमा २८३, गण्डकी प्रदेशमा ६४३, लुम्बिनी प्रदेशमा १४४२, कर्णाली प्रदेशमा ५०२ र सुदूरपश्चिम प्रदेशमा १२६९ जना गरी हालसम्म जम्मा ४,८३१ जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा १५८७। प्रदेश २ मा ७०५ बागमती प्रदेशमा ८,८५४, गण्डकी प्रदेशमा ५२९, लुम्बिनी प्रदेशमा १४७९, कर्णाली प्रदेशमा ५०६ र सुदूरपश्चिम प्रदेशमा २६३ जना गरी हालसम्म जम्मा १३,९२३ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा २३८८, प्रदेश २ मा ४५६, बागमती प्रदेशमा १३,४८९ गण्डकी प्रदेशमा ८४२, लुम्बिनी प्रदेशमा १७८०, कर्णाली प्रदेशमा ४८८ र सुदूरपश्चिम प्रदेशमा ५१४ जना गरी १९,९५७ जना रहेका छन् ।
आज ९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४५ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ जिल्लाका ९ जनाको मृत्यु भएको छ । जसमा २ जना महिला र ७ पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार आज सुनसरीका ३७, ८९, र ९० वर्षीय तीन पुरुष, काठमाडौंका ६३ र ६७ वर्षीय, ललितपुरका ५० वर्षीय र रुपन्देहीका ७४ वर्षीय गरी ७ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
त्यसैगरी काठमाडौंकी ७१ वर्षीया र रुपन्देहीकी ४० वर्षीया गरी २ महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज थपिएका ९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये हालसम्म मृत्यु हुनेको यो संख्या ०.५८ प्रतिशत हो ।
यस्तो छ हेर्नुहोस् नेपालमा असोज २५ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ असोज २६ सोमवार १७:५० मा प्रकाशित






























