back
CTIZAN AD

१२ वर्षदेखि अलपत्र रहेको प्रसारण लाइन निमार्ण कार्य पुनः शुरु

वि.सं.२०७७ असोज २७ मंगलवार

864 

shares

२७ असोज, वाग्मती । विगत १२ वर्षदेखि अलपत्र रहेको २२० के भीको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निमार्ण पुनः शुरु भएको छ ।

हेटौँडा–भरतपुर र भरतपुर–बर्दघाट गरी दुईखण्डमा निर्माण प्रसारणको काम सन्तोषजनक नभएपछि प्राधिकरणले भारतीय र चिनियाँ कम्पनीको ठेकेदार कम्पनीको सम्झौता तोडेको थियो ।

सम्झौता तोडिएको लामो समयपछि प्रसारण लाइनको निर्माण काम शुरु भएको आयोजनाका प्रमुख ईश्वरीप्रसाद जैसवालले जानकारी दिए । हेटौँडा–भरतपुर खण्डको ठेक्का भारतीय कम्पनी आइकम टेल र भरतपुर–बर्दघाट खण्डको ठेक्का चिनियाँ सेन्ट्रल पावर ग्रिड नामक कम्पनीलाई दिएको तर काममा ढिलाइ गरेपछि सम्झौता तोडिएको बताइएको छ ।

अहिले पनि हेटौँडा–भरतपुर खण्डमा भारतीय र भरतपुर–बर्दघाट खण्डमा चिनियाँ कम्पनीलले ठेक्का पाएको छ ।आयोजना सञ्चालनका लागि विसं २०६५ मा टेक्का सम्झौता गरेर २०६६ मा प्रसारण लाइनको काम शुरु गरिएको थियो । पाँच वर्षमा निर्माण कार्य सम्पन्न गर्नपर्ने काम विगत १२ वर्षमा ५० प्रतिशत निर्माण काम मात्र भएपछि ठेक्का सम्झौता तोडेर नयाँ सम्झौता गरिएको प्रमुख जैसवालले भने ।

विश्व बैंक र नेपाल सरकारको सहयोगमा निर्माण भइरहेको उक्त प्रसारण लाइनको भरतपुर–बर्दघाट खण्डका ७५ किमी लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

कोरोना महामारीले काममा केही सुस्तता छाएको भए पनि यस खण्डको ७५ किमी लाइनको २४६ टावरमध्ये २३० वटाको फाउण्डेशन निर्माण कार्य सकिएको छ । दुई सय १४ वटा टावर खडा गरिएको र पाँच किमी तार तान्ने काम सकिएको छ ।

अहिले पनि त्यस खण्डको दुम्कीवास र देउचुरीको मुण्डीमा स्थानीयको विभिन्न माग राखी अवरोध कायम रहेको जैसवालले बताए । नयाँ ठेक्का सम्झौता भई परिचालन भएकाले अबको दुई वर्षमा प्रसारण लाइनको बाँकी काम सम्पन्न गरिने विश्वास लिइएको छ ।

यसअघिको ठेकेदारले यो खण्डमा निर्माण हुने २२६ टावरमध्ये १७१ वटाको फाउण्डेशन निर्माण कार्य सकिएको छ । एक सय १७ वटा टावर खडा गरिएको छ । दश किमीभन्दा बढी तार तान्ने काम सम्पन्न भएको छ ।

त्यस खण्डमा आयोजनाले पाँच हजार रुख काट्ने प्रक्रिया अगाडि बढाइएको उनको भनाई छ । रासस

वि.सं.२०७७ असोज २७ मंगलवार १६:३२ मा प्रकाशित

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...