back
CTIZAN AD

दिसाजन्य फोहर व्यवस्थापनका लागि डिपिआर

वि.सं.२०७७ असोज २८ बुधवार

588 

shares

लमही, २८ असोज । लमही नगरपालिकाले दिसाजन्य फोहर व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाएको छ । नेपाल नगरपालिका सङ्घको सहकार्यमा शुरु गरिएको सो परियोजनाअन्तर्गत डिपिआर बनाइएको परियोजनाका स्रोत व्यक्ति गायत्रीकुमारी थापाले जानकारी दिए । सो डिपिआरबारे नगरपालिकाका प्राविधिकलाई जानकारी दिएसँगै केही दिन भित्रै ठेक्का आह्वान गरिने बताइएको छ ।

परियोजना सञ्चालनका लागि नगरपालिका र संघबीच मिति २०७५ पुष १० मा सम्झौता भएको थियो । सो संघको सहकार्यमा देशभरका पाँच नगपालिकामा पनि यस प्रकारको परियोजना शुरु गरिएको छ ।संघको सहकार्यमा नगरमा परीक्षणकारूपमा शहरी सरसफाइसँग सम्बन्धीत कार्यको नमूना अघि वढाइएको छ ।

सो परियोजनाअन्तर्गत उक्त नगरपालिका–५ मा रहेको ल्याडफिल्ड साइटमा यसै वर्ष भौतिक संरचना निर्माण गरिने र यसका लागि रू दुई करोड खर्च लाग्ने स्रोत व्यक्ति थापाले बताए । यसका लागि उक्त नगरपालिकाले चालु आर्थिक वर्षमा वजेट विनियोजन गरिसकेको छ । डिपिआर निर्माण तथा नीति निर्माणमाउक्त संघले सहयोग गरेको र भौतिक निर्माण नगरपालिकाले आफँै गर्नुपर्ने छ ।

सो परियोजना शुरु भएपछि शौचालयको सेप्टी ट्याङकीबाट निस्कने फोहोर व्यवस्थापन गर्न सहज हुने भएको छ । यसबाट कम्पोष्ट मल बनाएर विक्रीसमेत गरिनाका साथै वातावरण सफा राख्नसमेत सहयोग पुग्ने नगरपालिका उपप्रमुख देवका वेल्वासेले जानकारी दिए । रासस

वि.सं.२०७७ असोज २८ बुधवार १५:३२ मा प्रकाशित

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...