back
CTIZAN AD

डराएरै भएपनि पर्यटकको सेवा गर्छन् पर्यटन व्यवसायी

वि.सं.२०७७ असोज २९ बिहीवार

873 

shares

२९ असोज, इलाम । कोरोना महामारीले सबै क्षेत्र अस्तव्यस्त छन् । विशेषगरी पर्यटन क्षेत्रमा यसको असर एकदमै बढी प¥यो । बाह्रैमास पर्यटक आगमन हुने र पर्यटकको सेवाबाटै जीवन चल्ने पर्यटकलाई त यतिबेला पर्नु पीर परेको छ ।

गएको चैत पहिलो साताबाट बन्द भएका यहाँस्थित सूर्योदय नगरपालिकास्थित अन्तुका व्यवसायीलाई पनि यही पीडा परेको छ । दैनिक सयभन्दा बढी पर्यटक घुम्ने यो क्षेत्रमा करिब छ महिना पर्यटकको पाइला परेन । तर, अहिले केही पर्यटक आउन थालेका छन् । अन्तु घुम्नका लागि पर्यटक त आउन थालेका छन् तर यहाँका व्यवसायीलाई अर्को पीडा पर्न थालेको छ । गएको असोज १ बाट यहाँका घरवास (होमस्टे) खुलेका हुन् ।

यसैले विशेषगरी झापा, मोरङ, सुनसरी क्षेत्रका पर्यटकको वाक्लो चहलपहल छ । तर, कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले यस क्षेत्रमा कोरोनाको जोखिम बढेको पर्यटन व्यवसायीको भनाइ छ । लामो समय शून्यता छाएकाले होमस्टे खुलाए पनि थप जोखिम बढ्ने सम्भावना रहेकाले समस्या थपिएको पर्यटन व्यवसायी रुद्र घिमिरेको भनाइ छ । “पर्यटकको बाक्लो उपस्थिति छ, त्यसैले समस्या थपिएको पनि छ ।”

घिमिरेका अनुसार कोरोनालाई मध्यनजर गर्दै अन्तुमा नयाँ मापदण्ड पनि बनाइएको छ । अन्तुमा बास बसेर फर्किने जाने पर्यटकलाई स्वागत र बिदा गर्दा फूलको गुच्छा दिने चलन हटाइएको छ भने पर्यटक आउनेबित्तिकै अनिवार्य स्यानिटाइजर प्रयोग गर्नुपर्ने व्यवस्था बनाइएको छ । यस्तै, भौतिक दूरी कायम गर्नुपर्ने, धेरै जना पर्यटक आउन नपाइनेसमेत व्यवस्था छ भने तर यी नियम पूर्णरूपमा कार्यान्वयनमा ल्याउन सकिएको छैन ।

अन्तुमा मात्र होइन, जिल्लाका अन्य पर्यटकीय क्षेत्रको हविगत पनि अन्तुको भन्दा फरक छैन । कोरोनाले पर्यटकीय क्षेत्रमध्ये पनि होटलमा सबैभन्दा बढी नोक्सानी परेको छ । यसैले यो लगानी उठाउनै पनि अहिले होटल खुलेका छन् । यद्यपी कोरोनाको जोखिमले गर्दा खोल्नु वा बन्द गर्नुको स्थितिमा होटल व्यवसायी पुगेको उनीहरू सुनाउँछन् ।

“नयाँ मापदण्ड पालना गरेर खोल्यौँ तर कार्यान्वयनमा समस्या भएकाले जटिल भएको छ”, होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौड्यालले भने, “पर्यटक इलाम आउन चाहान्थे । ल्याउने व्यवस्था पनि गरियो तर समस्या बढ्यो ।” ठूलो घाटा बोहेरिसकेपछि जोखिम मोलेरै अगाडि बढ्न होटल सञ्चालनमा ल्याइएको अध्यक्ष पौड्यालको भनाइ छ । कोरोनाका कारण जिल्लाका ६० ठूला होटलमा प्रतिदिन रु ४० हजारका दरले, मझौला २०० होटलमा प्रतिदिन रु २० हजार र साना १९० होटलमा रु छ हजार घाटा भएको बताएका छन् ।

यस्तै, ठूला होटलबाट ६ हजार , मझौलाबाट एक हजार २०० र साना होटलबाट ५७० जना कामदार बेरोजगार रहेको तथ्याङ्क छ । गएको वर्ष जिल्लामा एक लाख ६३ हजार पर्यटक भित्रिएकामा यस वर्ष दुई लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको तर सिजनमै बन्द भएपछि एकतिहाइ पर्यटक नभित्रिने पर्यटक व्यवसायीको गुनासो छ । रासस

वि.सं.२०७७ असोज २९ बिहीवार १२:१३ मा प्रकाशित

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

भारतको कडाइपछि बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका...