back
CTIZAN AD

नेपाल कृषि प्रधान देश भएकाले उत्पादकत्व बढाउन आधुनिक कृषि प्रविधिमा जोड दिनुपर्ने

वि.सं.२०७७ असोज २९ बिहीवार

1.3K 

shares

२९ असोज, वागमती । वागमती प्रदेशका भूमि तथा कृषि सहकारी मन्त्री दावादोर्जे लामाले नेपाल कृषि प्रधान देश भएकाले कृषि क्षेत्रको उत्पादकत्व बढाउन आधुनिक प्रविधिमा जोड दिनुपर्ने बताएका छन् ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालद्वारा आज हेटौँडामा आयोजित खाद्य स्वच्छतासम्बन्धी उपभोक्ता सचेतना एकदिने गोष्ठी कार्यक्रमको आज उद्घाटन गर्दे उनले बेरोजगारी हटाउनका लागि कृषि उत्पादकत्व बढाउन र खाद्यान्नमा आत्मनिर्भर गराउन सरकारले विभिन्न कार्यक्रम ल्याएको जानकारी दिए ।

स्वस्थ जीवनका लागि खाद्य स्वच्छता आवश्यक रहेको उल्लेख गर्दै उनले खाद्य स्वच्छताका लागि सरकारी, निजी क्षेत्र र कृषकवर्ग लाग्नुपर्नेमा जोड दिए । विषालु खाद्यान्न उत्पादन नगरी जैविक कृषि उत्पादनमा लाग्नुपर्नेमा जोड दिँदै कृषकको हकहितमा वर्तमान प्रदेश सरकार लागेको उनले विश्वास व्यक्त गरे ।

उपभोक्ता हक हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति वानियाले विषाक्त र दूषित खाद्यान्न तथा कृषि उत्पादन रोक्नुपर्ने तथा गुणस्तरीय उत्पादनमा सरोकारवालाले जोड दिनुपर्ने बताए ।

वि.सं.२०७७ असोज २९ बिहीवार १२:१९ मा प्रकाशित

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...