२९ असोज, काठमाडौँ । काठमाडौँको नयाँ बजारमा ग्यास सिलिन्डर बिस्फोट हुँदा ६ जना घाइते भएका छन् । नयाँ बजारको फलफुल चोकस्थित घरमा ग्यास सिलिण्डर बिस्फोट भएको हो ।
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी दीपक खड्काका अनुसार बिहान ११ बजेतिर किरिया पुत्री बसेको ठाउँमा सिलिन्डर बिस्फोट भएको हो । घाइते भएका मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरुको उपचार मनमोहन अस्पताल, त्रिवि शिक्षण अपस्पला र पिपुल्स अस्पतालमा भइरहेको छ।
वि.सं.२०७७ असोज २९ बिहीवार १३:३८ मा प्रकाशित





























