back
CTIZAN AD

लण्डनमा कोभिड–१९ सङ्क्रमण फैलिने क्रम पुनः बढेपछि नियन्त्रणका लागि थप कडाई

वि.सं.२०७७ असोज २९ बिहीवार

570 

shares

२९ असोज । बेलायतको राजधानी लण्डन शहरमा कोभिड–१९ सङ्क्रमण फैलिने क्रम पुनः बढेपछि नियन्त्रणका लागि थप कडाई गरिने लण्डन महानगरपालिका प्रमुख सादिक खानले बिहीबार बताएका छन ।

करिब नब्बे लाख जनसङ्ख्या रहेको लण्डनमा कोभिड सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेपछि सरकारले नियन्त्रणका लागि थप केही दिन नागरिकलाई सावधानी र नियन्त्रणका उपायलाई पालना गर्न अनुरोध गर्न लागेको हो ।

उनले ‘लण्डन एसेम्ली’मा भने, “मेरो अनुमानमा सरकारले छिट्टै अर्थात् सम्भवतः बिहीबार नै उच्च सावधानीसाथ नियन्त्रणका उपायको घोषणा गर्नेछ ।”

यसको अर्थ एक घरका व्यक्ति अर्को घरभित्र भेट हुने छैन अर्थात् महामारीबाट सुरक्षित रहन एक आपसमा हुने अनावश्यक भेटघाटलाई नियन्त्रण गरिनेछ ।

नियन्त्रणको यो उपायलाई सरकारले सम्भवतः शुक्रबार मध्यरातदेखि केही दिनका लागि लागु गर्नेछ र यसमा यस पहिले झैँ सबै नागरिकले सहयोग गर्ने अपेक्षा सरकारले गरेको छ । रासस

वि.सं.२०७७ असोज २९ बिहीवार १६:०६ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...