back
CTIZAN AD

अन्य जिल्लाबाट पर्वत छिरे १४ दिन क्वारेन्टिन (सूचनासहित)

वि.सं.२०७७ असोज २९ बिहीवार

1.4K 

shares

काठमाडौं । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम क्वारेन्टिन बस्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, पर्वतले बिहिबार एक सूचना जारी गर्दै क्वारेन्टिन बस्न निर्देशन गरेको हो ।

प्रशासनले सबै वडाध्यक्ष तथा सदस्यलाई होम क्वारेन्टिन बस्न लगाउन र सोको अनुगमन गर्न निर्देशन गरेको छ । ‘हाल देशैभरी बढ्दै गएको कोभिड–१९ को संक्रमणको प्रभाव पर्वत जिल्लामा पनि पर्ने सम्भावना रहेको अवस्था छ, जिल्ला बाहिरबाट आएका व्यक्ति अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टिमा बस्ने, सोको अनुगमन सम्बन्धित वडाध्यक्ष वा सदस्यले गर्ने, गराउने’, सूचनामा भनिएको छ ।

प्रशासनले आगामी दशैं–तिहारमा भोजभतेर गर्ने र भिडभाड गर्ने कार्यक्रम नगर्न पनि निर्देशन गरेको छ । कुनै पनि खालको आमभेला तथा साधारण सभा नगर्न पनि प्रशासनको निर्देशन छ ।

प्रशासनले जारी गरेको सूचनाअनुसार निर्देशन उल्लंघन भए कानूनबमोजिम कारबाही हुनेछ । कारबाहीको लागि सुरक्षाकर्मीलाई पनि प्रशासनले निर्देश गरेको छ ।

यस्तो छ जिल्ला प्रशासन कार्यालयले निकालेको सूचना

वि.सं.२०७७ असोज २९ बिहीवार १६:०९ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...