back
CTIZAN AD

जुम्लामा इटालियन फुजी स्याउको उत्पादन वृद्धि

वि.सं.२०७७ असोज २९ बिहीवार

792 

shares

२९ असोज, जुम्ला । जुम्लामा यस वर्ष स्थानीय जातको जुम्ली स्याउ नफले पनि इटालियन फुजी स्याउको राम्रो उतपादन भएको छ । गत वर्षभन्दा यो वर्ष सो जातको स्याउ उत्पादन दोब्बर भएको कृषि सहकारी फर्मका व्यवस्थापक सरोज शाहीले बताएका छन।

चार हजार हेक्टर जमिनमा लगाइएका एक हजार एकसय बिरुवाबाट करिब छ टनसम्म उक्त स्याउ उत्पादन भएको उल्लेख गर्दै उनले भने “फुजी स्याउबाट गत वर्ष रू दुई लाखभन्दा बढी आम्दानी भएकामा यो वर्ष आम्दानी दोब्बर भएको छ । ” फर्ममा दुई टन गोल्डेन डेलिसियस र चार टन रेड डेलिसियस स्याउ उत्पादन भएको भएको छ । यहाँको स्थानीय जातको स्याउभन्दा फुजी स्याउ स्वादिलो हुने भएकोले यसको माग स्थानीय तथा बाहिरी बजारमा समेत हुने गरेको सो फर्मले जनाएको छ ।

जिल्लामै प्रतिकिलो रू एकसय ५० मा सो स्याउ बिक्री हुने गरे पनि मागअनुसार उत्पादन गर्न सकिएको छैन भने ग्रेडिङ मेसिन नहुँदा स्याउ प्याकिङमा ढिलाइ भएको व्यवस्थापक शााहीको भनाइ थियो ।

उक्त स्याउ उत्पादनका लागि प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन जुम्ला शाखाले सिँचाई तथा मलजलका लागि सहयोग उपलब्ध गराएको थियो भने कृषि विकास कार्यालयले आरी, सिकेचर र कार्टुनजस्ता सामग्राीको अनुदानमा उपलब्ध गराएको थियो । रासस

वि.सं.२०७७ असोज २९ बिहीवार १६:३१ मा प्रकाशित

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...