back
CTIZAN AD

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

वि.सं.२०७७ कात्तिक ५ बुधवार

657 

shares

५ कात्तिक, पोखरा । गण्डकी प्रदेशमा आज विहान थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज थपिएका १८ जनासँगै प्रदेशमा कूल संक्रमितको संख्या ६ हजार १०५ पुगेको छ ।

भरतपुर अस्पताल, चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणमा आज थप १८ जनामा संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार कोरोना संक्रमणबाट मंगलबार बिहान र राति गरेर थप दुईजना संक्रमितको मृत्यु भएको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार नवलपरासी बर्दघाट सुस्तापुर्वका ५० वर्षीय पुरुषको मंगलबार बिहान ९ः५६ बजे चितवन मेडिकल कलेजको कोभिड आइसीयुमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी म्याग्दीको धौलागिरी ७ का ८५ वर्षीय पुरुषको पनि मंगलबार राति ८ः२५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसीयुमा उपचारका क्रममा मृत्यु भएको हो प्रतिष्ठानले जनाएको छ ।  यी दुईसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

वि.सं.२०७७ कात्तिक ५ बुधवार ०९:२४ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...