५ कार्तिक, काठमाडौँ । किंग्स इलेवन पंजाबले यस आईपिएलमा लगातार आफ्नो तेस्रो जित निकालेको छ । हिजो भएको खेलमा किंग्स इलेवन पंजाबले दिल्ली क्यापिट्ल्सलाई ५ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो । दिल्ली क्यापिट्ल्सका ओपनर शिखर धवनले यस खेलमा पनि सतक बनाएका थिए । उनी ६१ बल खेल्दैँ १०६ रन बनाएर नटआउट रहेका थिए । आईपिएलमा लगातार दुई खेलमा सतक बनाउने पहिलो खेलाडी शिखर धवन बनेका छन । यस अघि चेन्नाई सुपर किंग्स विरुद्धको खेलमा पनि शिखर धवनले १०१ रनको पारी खेलेका थिए । त्यसैगरि पंजाबका लागि बलिङ्गमा मोहम्मद शमीले सर्वाधिक २ विकेट लिएका थिए ।
दिल्ली क्यापिट्ल्सले दिएको १६५ रनको लक्ष्य पंजाबले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । पंजाबका लागि निकोलस पुरणले सर्वाधिक ५३ रन बनाएका थिए । बलिङ्गमा दिल्लीका लागि कागिसो रबाडाले सर्वाधिक २ विकेट लिएका थिए ।
जितसँगै पंजाबले १० खेलबाट ८ अकं जोड्दैँ अकं तालिको पाँचौ स्थानमा उक्लेको छ भने दिल्ली १४ अकं सहित पहिलो स्थानमा रहेको छ ।
वि.सं.२०७७ कात्तिक ५ बुधवार ०९:४६ मा प्रकाशित



























