back
CTIZAN AD

उदाहरणीय वडाअध्यक्ष जसले कोरोना संक्रमितलाई राख्न आफ्नै घर आइसोलेसन बनाए

वि.सं.२०७७ कात्तिक ६ बिहीवार

1.1K 

shares

६ कात्तिक, काठमाडौं । कोरोना संक्रमणको महामारीले देश आक्रान्त बनिरहेको बेला प्रत्येक नागरिक, समाज, स्थानीय सरकार, प्रदेश सरकार, तथा केन्द्र सरकार यसको नियन्त्रणमा लागिरहेका छन् ।

यसै अवस्थामा अर्घाखाँचीका एक वडाअध्यक्षले त आफ्नै घरलाई कोरोना संक्रमितहरुलाई राख्न आइसोलेसन बनाएका छन् ।
उनी हुन् अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं १२ का अध्यक्ष नारायण खड्का । अध्यक्ष खड्काले कोरोना पोजेटिभ भएकाहरुलाई आफ्नै घरमा बस्ने व्यवस्था मिलाएका छन् ।

जनप्रतिनिधि हुनुहुन्छ, वडामै एउटा सामुदायिक आइसोलेसन स्थापना गरेर संक्रमितहरुलाई त्यहि राख्ने व्यवस्था गर्दा हुन्थेन, भन्ने संसारन्युजको प्रश्नमा खड्का भन्छन्–‘कोरोना संक्रमितलाई गाउँमा आउन नदिने भन्ने र छिःछि र दूर–दूर गराउने अवस्था छ यहाँ । त्यसैले पनि मैले आफ्नो घरलाई आइसोलेसनको रुपमा परिवर्तन गरेको हुँ । वडासँग त्यस्तो कुनै बजेट छैन जसले कोरोना संक्रमितका लागि खर्च गरोस् । अहिलेसम्म गोजीबाटै खर्च गरिरहेको छु ।’

अध्यक्ष खड्काले आफ्नो वडामा हालसम्म ५ जनामा कोरोना संक्रमण देखिएको र उनीहरुमा ३ जना निको भएर गइसकेको र दुईजना आइसोलेसनमा रहेको बताएका छन् । ‘चेक गर्ने हो भने सबैलाई संक्रमण छ जस्तो लाग्छ । किन कि धेरैलाई त्यस्तै लक्षण देखिएको छ । म आफैमा पनि त्यस्तो लक्षण देखिएको छ आज पालिकामा स्वाव दिन जाँदैछु । पोजेटिभ देखिएमा म त्यहि आइसोलेसनमा बस्छु । उहाँहरुलाई पनि हौसला हुन्छ ।’

खड्काका अनुसार व्यवस्थित बनाउन सके उनको घरमा १५ देखि २० जनाको लागि आइसोलेसन बनाउन मिल्छ । घर आइसोलेसन जस्तो बनाउने नभएपनि लक्षण देखिएका तर गम्भीर नभएकाहरुका लागि त्यहि राख्न सहज हुने देखिएको अध्यक्ष खड्काले बताए ।

‘ दुईजना विदेश जान हिँडेका दुवैले टेकुमा कोरोना टेष्ट गराए एकमा पोजेटिभ देखियो, अर्कोमा नेगेटिभ । नेगेटिभ देखिएको विदेश उड्यो बुधबार विदेश पुग्यो । अर्कोले पोजेटिभ देखियो भयो भनेर फोन गर्यो, मैले त्यहि बस भने, उनी बसको पछिल्लो सिटमा बसेर फर्किसकेका रहेछन् । गाउँमा उसलाई आउन नदिने र उतै बस्न लगाउने भन्ने कुरा पनि चले । मैले मेरो घरमा राख्छु भनेर उनलाई बोलाए ।’ वडा अध्यक्ष खड्काले भने ।

तलब भत्ता सबै सामाजिक काममा
वडाअध्यक्ष खड्काले अर्को उदाहरणीय काम समेत गरेका छन् । उनी जनप्रतिनिधि भएदेखिको तलब भत्ता र सुविधा सबै गरिब असाहायलाई बाँड्दै आएको बताउँछन् ।‘ म प्रहरीको रिटायर्ड हुँ । मैले दोहोरो सुविधा लिनु मिल्दैन । मैले चुनावी घोषणामै भनेको थिए, जनप्रतिनिधिबापत आएको तलब, भत्ता सुविधा सबै जनताका लागि हुनेछ ।’

उनले आफ्ना नाममा यो पटकको दसैं भत्ता पनि आइसकेको बताए । तर, उक्त भत्ता उनले आइसोलेसनमा बसेकाहरुको खानालगायतमा खर्च गर्ने पनि संसारन्युजलाई बताएका छन् ।

 

वि.सं.२०७७ कात्तिक ६ बिहीवार ०६:४१ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...