back
CTIZAN AD

‘कोरोना महामारीमा व्यापार गर्ने छुट कसैलाई छैन’

वि.सं.२०७७ कात्तिक ६ बिहीवार

726 

shares

६ कात्तिक, काठमाडौं । नेकपाका नेता तथा केन्द्रीय सदस्य प्रेमल कुमार खनालले कोरोना महामारीमा व्यापार गर्ने छुट कसैलाई नभएको बताएका छन् ।
सरकारले सम्पूर्ण श्रोत साधन परिचालन गरेर दीर्घकालीन विकासका खर्च स्थगित गरेर, साधारण खर्च कटौती गरेर भए पनि कोरोना संक्रमि विरामीको उपचार गराउन पर्ने माग समेत राखेका छन् ।

उनले भनेका छन्
‘-यो कोरोना महामारीमा व्यापार गर्ने छुट कसैलाई छैन ।

-यो अन्य रोग जस्तो रोग होइन, भरे भोली उपचार गरौ भन्दा कम हुने महामारी होईन ।

-यो महामारीलागेको व्यक्तिको संक्रमणले सिंगो समाज, देशलाई डडेलो लगाउदैछ ।

-नेपालमा सबैभन्दा संक्रमण दर र मृत्युुदर बढदैछ ।

-सरकारले सम्पूर्ण श्रोत साधन परिचालन गरेर दीर्घकालीन विकासका खर्च स्थगित गरेर, साधारण खर्च कटौती गरेर भए नि विरामीको उपचार गराउन पर्दछ ।

-हरेक घर परिवार टोलवस्ती सम्म विरामीको खोजी गरि ल्याएर आइसोलेसनमा राख्ने र उपचार गराउने काम गरि महामारी नियन्त्रण गर्नुपर्दछ । अन्यथा अन्य देशको अनुभवका आधारमा पनि यो महामारी नियन्त्रण हुँदैन । ठुलो मानवीय क्षतिहुनुका साथै अर्थतन्त्र धराशायी बन्ने छ ।

-महामारी नियन्त्रण सरकारले एक्लैले गर्न सक्तैन, सबै राजनीतिकदलहरु, विज्ञहरुको आपतकालीन वैठक गरेर टोलवस्तीसम्म जनप्रतिनिधिहरुको नेतृत्वमा राजनीतिक दल, बुद्धिजीवीहरु रहेको सचेतनता अभियान टोली परिचालन गर्न पर्दछ।र समुदायमा फैलिएको कोरोना नियन्त्रणमा भूमिका निर्वाह गर्नु पर्दछ ।’

वि.सं.२०७७ कात्तिक ६ बिहीवार ०५:४९ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...