back
CTIZAN AD

रअका प्रमुखसँग कुनै गोप्य भेट भएको छैन् : प्रचण्ड सचिवालय

वि.सं.२०७७ कात्तिक ६ बिहीवार

717 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलसँग कुनै गोप्य भेट नभएको बताएको छ । बिहिबार प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उनले ‘गोयलसँग प्रचण्डको गोप्य भेट’ भएको भनि आएका समाचारप्रति पनि खण्डन गरेका छन् । सापकोटाले ति समाचार झुटा र कपोलकल्पित भएको भन्दै खेद प्रकट गरेका छन् ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बारेमा केही अनलाइन मिडियाहरुमा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति हाम्रो सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु ।’

रअका प्रमुख सामन्तकुमार गोयल बुधबार दिउसो विशेष विमानमार्फत काठमाडौं ओर्लिएका थिए । उनले काठमाडौं बसाईका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि महत्वपूर्णं शीर्ष नेताहरुसँग विशेष संवाद गरेका थिए ।

गोयलले बुधबार राती होटल हायातमा दिएको रात्रीभोजमा सत्तारुढ र प्रतिपक्षी दलका उच्च स्तरका नेता सहभागी भएको विषय बाहिरिएको छ । भोजमा केहि सुरक्षा निकायका उच्च अधिकारी पनि सहाभागी भएको चर्चा छ ।

गोयल बिहिबार बिहान दिल्ली फर्किएका छन् ।

वि.सं.२०७७ कात्तिक ६ बिहीवार ११:०२ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...