back
CTIZAN AD

दशैंलाई गाउँ फर्किनेको संख्या अघिल्लो वर्षको तुलनामा न्यून, स्वास्थ्य मापदण्ड पालना भएन

वि.सं.२०७७ कात्तिक ६ बिहीवार

750 

shares

कात्तिक ६, काठमाडौं । महान चाड दशैंको टिकाको दिन नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढेको छ । उपत्यकाबाट दशैं मनाउन घर फर्किनेहरुका कारण मुख्य नाकाहरुमा भीडभाड देखिन थालेको छ ।

कोरोना संक्रमणको जोखिमको समयमा पनि गाउँ फर्किनेहरुको भीडभाड देखिँदा घरमै सबै परिवारका सदस्य भेला भएर दशैं मनाउने चाहना धेरैमा रहेको बुझ्न सकिन्छ । यद्यपि यस वर्ष भने घर फर्किनेहरुको संख्या अघिल्लो वर्षको तुलनामा न्यून छ ।

अहिले काठमाडौं भित्रिने भन्दा बाहिरिने यात्रुको संख्या दोब्बर रहेको छ । हिजोको डाटाअनुसार ३२ हजार यात्रुले काठमाडौं छाडे भने १६ हजार भित्रिएका छन् भने विगत १० दिनदेखि काठमाडौंबाट बाहिरिनेहरुको संख्या हल्का बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यद्यपि अघिल्ला वर्षको दशैंको तुलनामा यो संख्या अत्यन्त न्यून भएको छ । झण्डै सात महिना लामो लकडाउनकै अवधिमा धेरैजसो व्यक्तिहरुले काठमाडौं छाडेकाले यस वर्ष दशैंमा घर फर्किनेहरुको संख्या न्यून भएको हो । यात्रुहरुको संख्या कम भएकाले यस वर्ष अग्रिम टिकट बुकिङ पनि खुलाइएको छैन ।

सरकारले यस वर्ष कोरोना संक्रमणको जोखिम भएकाले जो जहाँ छ, त्यहीँ बसेर दशैं मनाउन आग्रह गरेको भएपनि कतिपय भने यात्रा गरिरहेका छन् । सरकारले सार्वजनिक गाडीमा यात्रा गर्नेहरुलाई फेस सिल्ड पनि लगाउन आग्रह गरेता पनि उचित ढंगबाट त्यसको पालना नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

वि.सं.२०७७ कात्तिक ६ बिहीवार १०:२९ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...