back
CTIZAN AD

थप ३६सय ३७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ४५ हजार नजिक

वि.सं.२०७७ कात्तिक ६ बिहीवार

624 

shares

काठमाडौं । पछिल्लो २४ घण्टामा मात्रै देशभर ३ हजार ६३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत पछिल्लो २४ घण्टामा ३ हजार ६३७ मा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा थप १५५२ जनालाई कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा १२८३ जना, भक्तपुरमा ११२ जना र ललितपुरमा १५७ जना नयाँ संक्रमित भेटिएको गौतमले जनाए ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टा थपिएका नयाँ संक्रमितसहित देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४५ हजार नजिक पुगेको छ । बिहिबारसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

जसमा संस्थागत आइसोलेशनमा १३ हजार ३४९ र होम आइसोलेसनमा ३१ हजार ५३८ रहेको उनले जनाए ।

योसँगै देशभरका हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । देशभर कोरोना निको हुनेको संख्या पनि १ लाख २ हजार बढि छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा मात्रै थप ३ हजार २१५ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

वि.सं.२०७७ कात्तिक ६ बिहीवार १६:४५ मा प्रकाशित

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

प्रतिनिधिसभा बैठकको आकस्मिक समयको उचित व्यवस्थापन गरिने सभामुखद्वारा जानकारी

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’बारे कार्यव्यवस्था परामर्श...

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो

काठमाडौँ । टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

काठमाडौँ । नेदरल्याण्डअर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन...

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

नारायणगढ (चितवन) । बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...