back
CTIZAN AD

आज देशैभरी ४४९९ जनामा कोरोना संक्रमण, उपत्यकामा २७२० थपिए

वि.सं.२०७७ कात्तिक ७ शुक्रवार

609 

shares

७ कात्तिक, काठमाडौं । नेपालमा आज देशैभरी ४४९९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ जना गरी २७२० जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा २७, ओखलढुंगामा २, खोटाङमा ५, झापामा ७४, ताप्लेजुङमा ७, धनकुटामा १, मोरङमा २२३, संखुवासभामा ३ जना र सुनसरीमा १३८ जनासहित प्रदेशमा आज ४८० संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १४, पर्सामा १०, बारामा ७, महोत्तरीमा ७, रौतहटमा १४, सप्तरीमा १४, सर्लाहीमा १० र सिराहामा १४ जना गरी प्रदेशमा आज ११७ जना प संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा २३५७, काभ्रेपलान्चोकमा १६१, चितवनमा १४९, दोलखामा २२, धादिङमा १६, नुवाकोटमा १७, भक्तपुरमा १२७, मकवानपुरमा ७१, रामेछापमा २० ललितपुरमा २३६, सिन्धुपाल्चोकमा २१ र सिन्धुलीमा २८ जना गरी प्रदेशमा ३२२५ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ६०,गोरखामा ११, तनहुँमा ११, नवलपरासीपुर्वमा २८, पर्वतमा १, म्याग्दीमा ८, लमजुङमा ६, बाग्लुङमा १२ र स्याङजामा ३ जना गरी प्रदेशमा आज १४० संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा १६, गुल्मीमा १४, दाङमा ९२, नवलपरासीमा ४०, पाल्पामा १०, प्युठानमा ५, बर्दियामा १३, बाँकेमा ७९, रुकुमपुर्वमा २ र रुपन्देहीमा १५२ गरी प्रदेशमा आज ४२८ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोट, कालिकोट, सल्यान र मुगुमा १/१ जना, जुम्लामा ३, दैलेखमा ५, रुकुमपश्चिममा ४ र सुर्खेतमा ५ जना गरी प्रदेशमा आज २२ संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको हुम्लामा १, अछाममा ४, कन्चनपुरमा ६, कैलालीमा ५३, डडेल्धुरामा १०, डोटीमा ६, दार्चुलामा ५, बझाङमा १ र बैतडीमा २ जना संक्रमित थपिएसँगै आज देशैभरी ४४९९ जना संक्रमित थपिएका छन् । जसमा महिला १६९० र पुरुष २८०९ जना रहेका छन् ।

आज थपिएका ४४९९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

२६६८ जना कोरोना संक्रमणबाट मुक्त
त्यसैगरी पछिल्लो २४ घण्टामा २६६८ जना निको भएका छन् । आज निको भएका २६६८ जना सँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ ।

१७ जनाको मृत्यु
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशैभरी १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ८२९ पुगेको छ ।

वि.सं.२०७७ कात्तिक ७ शुक्रवार १७:५३ मा प्रकाशित

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...