७ कात्तिक, काठमाडौं । नेपालमा आज (७ कात्तिक) सम्म पिसीआर प्रविधिबाट १३ लाख ६७ हजार १६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १६ हजार ८६३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ४६ हजार ६९१ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १४ हजार ९६४ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ३१ हजार ७२७ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २९० जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३४, प्रदेश २ मा ८, बागमती प्रदेशमा १७४, गण्डकी प्रदेशमा १५, लुम्बिनी प्रदेशमा ५०, कर्णाली प्रदेशमा ७ र सुदुरपश्चिम प्रदेशमा २ जना गरी जम्मा २९० जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा ९ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ४७, गण्डकी प्रदेशमा १, लुम्बिनी प्रदेशमा ८ र सुदुरपश्चिम प्रदेशमा २ जना गरी जम्मा ६९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलाली गरी १५ वटा रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मुस्ताङ रहेको छ । साथै क्वारेन्टिनमा रहनेको संख्या ३५९० रहेको छ ।
त्यस्तै आज थपिएका ४४९९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । साथै आज २६६८ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ ।
आज १७ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८२९ पुगेको छ ।
आज देशैभरी ४४९९ जनामा कोरोना संक्रमण, उपत्यकामा २७२० थपिए
नेपालमा आज देशैभरी ४४९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ जना गरी २७२० जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा २७, ओखलढुंगामा २, खोटाङमा ५, झापामा ७४, ताप्लेजुङमा ७, धनकुटामा १, मोरङमा २२३, संखुवासभामा ३ जना र सुनसरीमा १३८ जनासहित प्रदेशमा आज ४८० संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा १४, पर्सामा १०, बारामा ७, महोत्तरीमा ७, रौतहटमा १४, सप्तरीमा १४, सर्लाहीमा १० र सिराहामा १४ जना गरी प्रदेशमा आज ११७ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा २३५७, काभ्रेपलान्चोकमा १६१, चितवनमा १४९, दोलखामा २२, धादिङमा १६, नुवाकोटमा १७, भक्तपुरमा १२७, मकवानपुरमा ७१, रामेछापमा २० ललितपुरमा २३६, सिन्धुपाल्चोकमा २१ र सिन्धुलीमा २८ जना गरी प्रदेशमा ३२२५ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ६०,गोरखामा ११, तनहुँमा ११, नवलपरासीपुर्वमा २८, पर्वतमा १, म्याग्दीमा ८, लमजुङमा ६, बाग्लुङमा १२ र स्याङजामा ३ जना गरी प्रदेशमा आज १४० संक्रमित थपिएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा १६, गुल्मीमा १४, दाङमा ९२, नवलपरासीमा ४०, पाल्पामा १०, प्युठानमा ५, बर्दियामा १३, बाँकेमा ७९, रुकुमपुर्वमा २ र रुपन्देहीमा १५२ गरी प्रदेशमा आज ४२८ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको जाजरकोट, कालिकोट, सल्यान र मुगुमा १÷१ जना, जुम्लामा ३, दैलेखमा ५, रुकुमपश्चिममा ४ र सुर्खेतमा ५ जना गरी प्रदेशमा आज २२ संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको हुम्लामा १, अछाममा ४, कन्चनपुरमा ६, कैलालीमा ५३, डडेल्धुरामा १०, डोटीमा ६, दार्चुलामा ५, बझाङमा १ र बैतडीमा २ जना संक्रमित थपिएसँगै आज देशैभरी ४४९९ जना संक्रमित थपिएका छन् । जसमा महिला १६९० र पुरुष २८०९ जना रहेका छन् । आज थपिएका ४४९९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।
२६६८ जना कोरोना संक्रमणबाट मुक्त
त्यसैगरी पछिल्लो २४ घण्टामा २६६८ जना निको भएका छन् । आज निको भएका २६६८ जना सँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ५ हजार ४८८ पुगेको छ ।
१७ जनाको मृत्यु
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशैभरी १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ८२९ पुगेको छ ।
वि.सं.२०७७ कात्तिक ७ शुक्रवार १८:२६ मा प्रकाशित






























