मेष-चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पुराना कामको चर्चा हुनेछ भने नयाँ काममा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।
बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ । सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । आजको सानो प्रयत्नले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । सोचेको उपलब्धि तत्काल नपाइएला। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन् । शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन् । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खेल र मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ । दिगो काम थाल्ने समय छ ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । तापनि प्रयत्न गर्दा अध्ययनमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । लक्ष्यमा पुग्न समय लागे पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन समेत सकिनेछ ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ । महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन् । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला ।
बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ काम प्रारम्भ गर्ने समय छ । मिहिनेतले दिगो फाइदा दिलाउनेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आलोचकहरूबाट जोगिएर काम लिनुपर्नेछ । वादविवादले समस्या निम्त्याउने हुँदा बोली–व्यवहारमा सजग रहनुहोला। ईर्ष्या गर्नेहरूले बिनाकारण सताउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। बुद्धिको उपयोगले धन आर्जन हुनेछ । नियमित काम सम्पादन भए पनि नयाँ कामका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ । तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन् । समयमा सजग नहुँदा तत्कालै फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ । खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । दिगो योजनाका लागि ऋण लिनुपर्ने आवश्यकता पर्न सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला । करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ ।
मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
धेरै आम्दानी नभए पनि उठ्नुपर्ने रकम हातलागी हुनेछ । तर, हातलागी भएको रकम अरूको हातमा पर्न सक्छ । पछिका लागि लगानी गर्नुपर्ला । अचल सम्पत्ति उपयोग गर्नुपर्ने हुन सक्छ । श्रमको उचित मूल्यांकन हुनेछ तर तत्काल मूल्य भने प्राप्त नहुन सक्छ । आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । तत्काल फाइदा लिँदा भविष्यमा लाभांश घटना सक्छ ।
वि.सं. २०७७ कात्तिक ८ शनिवार (इ.स. २०२० अक्टोबर २४)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
तपाईको आज (शुक्रबार) को राशिफल, राशि भन्छ आज यी व्यक्तिले दिनुहोला विशेष ध्यान
वि.सं.२०७७ कात्तिक ८ शनिवार ०७:५० मा प्रकाशित



























