९ कार्तिक, काठमाडौँ । सनराइजर्स हैदरावाद विरुद्ध किंग्स इलेवन पंजाबले १२ रनको रोमाञ्चक जित निकालेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको पंजाबले २० ओभरमा ७ विकेट गुमाएर १२६ रन बनाएको थियो । पंजाबका लागि निकोलस पुरणले सर्वाधिक ३२ रन बनाएका थिए । बलिङ्गमा सनराइजर्स हैदरावादका लागि सन्दिप शर्मा, रासिद खान र जेसन होल्डरले सर्वाधिक २\२ विकेट लिएका थिए ।
१२७ रनको लक्ष्य पछाएको हैदरावादले निकौ राम्रो सुरुवात गरेको थिए । हैदरावादले आफ्नो पहिलो विकेट ५६ रनमा गुमाएको थियो । ५६ रनमा पहिलो विकेट गुमाएको हैदरावाद १९.५ ओभरमा ११४ रन बनाएर अलआउट हुन पुग्याे । पंजाबका लागि क्रिस जोडन र अर्षदिप सिंहले सर्वाधिक ३/३ विकेट लिएका थिए ।
त्यसैगरि हिजो दिउँसो भएको खेलमा कोलकत्ता नाईट राइडर्सले दिल्ली क्यापिट्ल्सलाई ५९ रनले पराजित गरेको थियाे ।
वि.सं.२०७७ कात्तिक ९ आइतवार ०८:१४ मा प्रकाशित


























