मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ । महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउनेछ, कर्तव्यपरायण रहनुहोला ।
बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन् । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै हुनेछन् । होसियारीसाथ काममा जुट्नुहोला । शुभचिन्तकहरूले पनि सामान्य सहयोग जुटाउनेछन् । सामाजिक कामको जिम्मेवारी बढ्नेछ। हतारको निर्णय त्रुटिपूर्ण हुन सक्छ । अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ । व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोपनीयता बाहिरिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला ।
कर्कट -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । प्रतिकूल परिस्थितिका बीच प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । काममा साथीभाइबाट सहयोग मिल्नेछ ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । नयाँ योजनातर्फ अग्रसर भइनेछ । अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ ।
कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ । धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ । कामको मेसो नमिल्दा बुद्धिको उपयोग गर्नुहोला । अरूको विश्वास जित्न केही समय लाग्नेछ । तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ । श्रम परे पनि अरूको उपकार गर्न सकिनेछ । मिहिनेत नपुग्दा अध्ययनमा प्रगति नहुन सक्छ ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन् । दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ ।
बृश्चिक-तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ ।
धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । वादविवादले काममा बाधा पुर्याउनेछ, सजग रहनुहोला । अरूको वचन हार्न नसक्दा दुःख पाइनेछ । तर मिहिनेत गर्दा आयस्रोत बढ्नेछन् र उठ्नुपर्ने रकम हातलागी हुनेछ । अध्ययनमा समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने समय छ । मिहिनेतले आम्दानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा भने सावधान रहनुहोला ।
मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । तर बलजफ्ती गर्ने बानीले साथीभाइ टाढिन सक्छन् । स्वास्थ्यका लागि खानपानमा अलि सजग रहनुहोला । आफन्तको साथ सहयोग जुट्नेछ ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
करकापमा परी काममा जुट्नुपर्ने अवस्था रहनेछ । परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला । छर-छिमेकमा केही असमझदारी बढ्न सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । अवसरका लागि भने केही दौडधुप गर्नुपर्ने देखिन्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ ।
मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
केही काम रोकिनाले रकम हातलागी नहुन सक्छ । उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ । समय लागे पनि विगतका कर्मको उचित फल प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ । चल-अचल धनको उपयोगबाट आंशिक फाइदा उठाउन सकिनेछ ।
वि.सं. २०७७ कात्तिक ९ आइतवार (इ.स. २०२० अक्टोबर २५)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य ९८४१३५२१६४
आज आश्विन शुक्लपक्ष.अष्टमी, हेर्नुहोस् कस्तो छ तपाईको आजको राशिफल ?
वि.सं.२०७७ कात्तिक ९ आइतवार ०८:१३ मा प्रकाशित




























