back
CTIZAN AD

पोल्याण्डका राष्ट्रपति डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि

वि.सं.२०७७ कात्तिक ९ आइतवार

885 

shares

९ कार्तिक । पोल्याण्डका राष्ट्रपति एन्डरजेज डुडालाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उनका प्रवक्ता ब्लाजेज स्पाईचाल्सीले शनिबार जानकारी गराउनुभएको छ ।

स्पाईचाल्स्कीले भने, “राष्ट्रपतिलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ तर उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । राष्ट्रपतिको सम्भावित सेवाका लागि चिकित्सकसहितको टोली तयारी अवस्थामा रहेको छ ।”

राष्ट्रपति डुडालाई शुक्रबार साँझ आएको रिपोर्टमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणपछि डुडा र उनको कार्यालयका निकट सम्पर्कमा आएका सबै कर्मचारी क्वारेन्टिनमा बसेका छन् ।

पोलिस राष्ट्रपति डुडाले सङ्क्रमण पुष्टि हुँदासम्म नियमित कार्यालयमा गई राष्ट्रपतीय जिम्मेवारी सम्हालिरहनुभएको थियो । उनले क्वारेन्टिनमा बस्नुपूर्व राष्ट्रिय रङ्गशालामा उपस्थित भई त्यहाँ निर्माण भइरहेको कोभिड–१९को अस्थायी अस्पतालको निरीक्षण गरिरहेका थिए ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण पोल्याण्डमा दुई लाख ४१ हजार ९४६ व्यक्तिमा देखिएको छ भने सङ्क्रमितमध्ये चार हजार ३५१ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ कात्तिक ९ आइतवार ०७:३३ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...