९ कार्तिक, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका स्थीत बिष्णु थापालाई ढुंगाले हानी हत्या गरेका सोहि स्थानका ५० वर्षीय कृष्ण प्रसाद पाण्डेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । थापाले डाँडाकटेरीका ६० वर्षीय पाण्डेको हत्या गरेका हुन् ।
पाण्डे र थापा बिच ६ महिना अगाडिको नगद लेनदेनको विषयमा विवाद हुँदा ढुङ्गाले हानी गम्भीर घाइते बनाएपछि उपचारको लागि जिल्ला अस्पताल त्रिशुली लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । पाण्डेलाई प्रहरी चौकी तादिपुलले पक्राउ गरेको हो ।
वि.सं.२०७७ कात्तिक ९ आइतवार १८:१६ मा प्रकाशित






























