back
CTIZAN AD

चाडपर्व सङगै भीडभाड बढ्दा सङ्क्रमणको जोखिम थपियो

वि.सं.२०७७ कात्तिक ९ आइतवार

771 

shares

९ कार्तिक, काठमाडौं। बडादशैं पर्वमा जताततै मेला र उत्सवसँगै मिथिलाक्षेत्रमा देखिने भीडभाडले कोभिड–१९ सङ्क्रमणको जोखिम बढाएको छ । प्रदेश नम्बर २ का सबैजसो जिल्लामा दशैं मेलामा देखिने भीडभाडले सङ्क्रमण जोखिम बढाएको विज्ञले बताएका छन् ।
कोभिड–१९ सङ्क्रमण बढिरहेकै बेला परेको दशैं पर्वमा देवी शक्तिपीठमा मेला र उत्सव आयोजना नगर्न र पशुबलि रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयको आदेश भएपनि त्यसको पालना भएको छैन ।

प्रदेश २ स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले चिन्ता व्यक्त गर्दै भन्छन् , “सङ्घीय र प्रादेशिक सरकार, स्वास्थ्यसम्बद्ध सरकारी कार्यालय र निकाय एवं स्थानीय प्रशासनले विभिन्न माध्यमबाट भीडभाड नगर्न अपिल गरिरहेका छन्, तर परम्परा थेग्ने नाउँमा जताततै मेला उत्सव, नाचगान र सामूहिक पशुवलि निकै बढेको छ । यसले झन् सङ्क्रमणको खतरा बढाएको छ ।”

धनुषाको जनकपुरधामस्थित राजदेवी मन्दिरमा अष्टमीका दिन राति निकै भीड देखिन्थ्यो । सामुहिक पशुवलि कार्यक्रम नजिकबाट नियालिरहेका भङ्गाहा नगरपालिका–४ का सामाजिक कार्यकत्र्ता रामईश्वर ठाकुरले भने, “पछिल्ला केही महिनायता कोभिड–१९ नियन्त्रण र रोकथाम अभियानमा सामाजिक सङ्घसंस्था र स्थानीय तहको भूमिका नदेखिँदा यस्तो अवस्था आएको हो ।”

महोत्तरीका देवी शक्तिपीठ र मन्दिरमा पनि सामूहिक पशुबलि आयोजना भएको छ । भङ्गाहा नगरपालिकाको सीतापुर बजारमा त सङ्क्रमणमा परी दुई दिन पहिलेमात्र एक महिलाको ज्यान गएको देख्दादेख्दै आर्केष्ट्रा (सामूहिक नाचगान प्रदर्शन) आयोजन गरी रातभर मेला आयोजन गरिएको छ । स्थानीय प्रशासनले घटस्थापनाकै दिनदेखि जमघट नगर्न निषेधाज्ञा नै जारी गरेपनि प्रहरी कुनै नियन्त्रण गर्न नसकेको स्थानीय व्यापारी बताउँछन् ।

हालसम्म प्रदेशका १६५ जनाले कोविड–१९ सङ्क्रमणले ज्यान गुमाईसकेका छन् । प्रदेशमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या १५ हजार ३३६ (आइतबार बिहानसम्म) पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म १३ हजार २७३ निको भएर आआफ्ना काममा फर्केका निमित्त निर्देशक झाले जानकारी दिए । रासस

वि.सं.२०७७ कात्तिक ९ आइतवार १८:२५ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

काठमाडाैँ । साउदी अरबमा रोजगारीका लागि जाने नेपाली कामदारले अब अनुभवको...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...