back
CTIZAN AD

नेकपा नेता पन्तको टिप्पणी – प्रधानमन्त्रीको बचाउ गर्न खोज्दा साडि उघारेर स्तन ढाकेजस्तो भयो

वि.सं.२०७७ कात्तिक ९ आइतवार

1K 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा प्रवास समन्वय कमिटीका सह–इन्चार्ज लक्ष्मण पन्तले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्दा साडि उघारेर स्तन ढाकेजस्तो देखिएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताबारे पार्टी र सरकारमा महत्वपुर्ण जिम्मेवारी सम्हालेका केहि नेताहरुले ढाकछोप गरेको भन्दै संसारन्युजसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

संसारन्युजसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘शुरुमा भेटको कुरा अस्विकार गरीयो, त्यसपछि प्रेसनोटमार्फत जानकारी गराइयो, अहिले विभिन्न शैलीमा कुरा गरेर लाजछोप्न खोजिदैछ, यो त सरासर साडि उघारेर स्तन छोपेभन्दा अरु केहि होइन ।’

हाइप्रोफाइल भ्रमणबारे पहिल्यै जानकारी नआउनु, गुप्तचर प्रमुख विशेष विमानद्वारा आएर नेपालका प्रधानमन्त्रीलाई भेट्नु, राजदूतावाससँग र परराष्ट्र मन्त्रालयसँग समन्वय भएको नदेखिनु र एउटा गल्तीलाइ छोप्न अरु धेरै गल्ती थप्दैजानुले सरकार पार्टीको मात्र नभएर देशकै शाख गिरेको बुझाई पन्तको छ ।

‘भारतको दूतका रुपमा गुप्तचर प्रमुख आउने की अरु विशिष्ट राजनीतिज्ञ आउने यो प्रश्न एकातिर छ भने अर्कातिर आइसकेपछि उनलाई दूत भनेर भनिरहनुको खासै अर्थ पनि छैन्’, पन्तले अगाडि भने, ‘सबैले छलङ्गै बुझेको विषयलाई ढाकछोप गर्नुको अर्थ छैन ।’

गत बुधबार राती प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग गोप्य भेटघाट गरेका थिए । बुधबार रात भएको गोप्य भेटबारे चौतर्फी आलोचना भईरहँदा प्रधानमन्त्री ओली नजिक देखिएका केहि घटना सामान्य भन्दै ढाकछोपमा लागेका छन् ।

वि.सं.२०७७ कात्तिक ९ आइतवार १९:४७ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

काठमाडाैँ । साउदी अरबमा रोजगारीका लागि जाने नेपाली कामदारले अब अनुभवको...

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...