back
CTIZAN AD

अवैध रुपमा सञ्चालित क्लिनिकका कारण मृत्यु, बन्द गर्न माग

वि.सं.२०७७ कात्तिक ९ आइतवार

633 

shares

९ कार्तिक, काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका–२ मोथ्याईका बासिन्दाले अवैध रुपमा सञ्चालित क्लिनिक बन्द गर्न माग गरेका छन् । शनिबार स्थानीय २३ वर्षीया विनिता थापाको सदरमुकाम गाइघाटस्थित टाइम्स पोलिल्किनिकमा उपचारका क्रममा मृत्यु भएको थियो । अवैध रुपमा सञ्चालित उक्त क्लिनिकका सञ्चालक डा रामजीवन यादवले गलत औषधि दिँदा थापाको मृत्यु भएको उनका आफन्तको आरोप छ । सञ्चालक यादवलाई कारवाही गर्नुपर्ने तथा अवैध रुपमा सञ्चालित सो क्लिनिक बन्द गर्नुपर्ने माग गर्दै थापाका आफन्त आन्दोलनमा उत्रिएका छन् ।

क्लिनिक सञ्चालक यादवलाई कारवाही नगर्दासम्म शव नबुझ्ने उनीहरुले अडान लिएका छन् । शनिबार दिउँसो बिरामी भएपछि थापालाई उपचारका लागि यादवको क्लिनिकमा भर्ना गरिएको थियो । उपचारपछि पनि थापाको अवस्था झन जटिल बनेपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उनको जिल्ला अस्पतालमा मृत्यु भएको बिरामीका आफन्त विक्रम थापाले बताउए ।

अवैध रुपमा सञ्चालित क्लिनिकका सञ्चालक डा यादवको लापरवाहीका कारण ति युवतीको मृत्यु भएको उनले आरोप लगाए ।मृतक युवतीको शव जिल्ला अस्पतालमा राखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले अवैध रुपमा सञ्चालित डा यादवको क्लिनिकको विषयमा छानबिन थालिएको जानकारी दिए । क्लिनिकका सञ्चालक डा यादवलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए। हाल उक्त क्लिनिक बन्द गराइएको छ । रासस

वि.सं.२०७७ कात्तिक ९ आइतवार १८:४९ मा प्रकाशित

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

काठमाडाैँ । साउदी अरबमा रोजगारीका लागि जाने नेपाली कामदारले अब अनुभवको...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...