back
CTIZAN AD

खुला सीमा नाका, रोकिएन तस्करी

वि.सं.२०७७ कात्तिक ९ आइतवार

903 

shares

९ कार्तिक, काठमाडौं। नेपाल भारत सीमानाका बन्द रहेको सशस्त्र प्रहरी बल नेपालले ठोकुवा गरे पनि सीमावर्ती क्षेत्रका विभिन्न नाका हुँदै व्यापक मात्रामा भारतीय बजारबाट विभिन्न सामग्री र कपडाको तस्करी बढेको छ । विभिन्न नाका हुँदै अवैध रूपले नेपाल भित्रिने कपड़ालगायत शृङ्गार प्रसाधन र तयारी कपडालगायत विभिन्न सामग्री रौतहटकै बजारमा लग्ने गरिन्छ ।

नेपालतफ सीमावर्ती क्षेत्रका बेलबिछवा, महादेवपट्टी, बंजरहा, मठ्ठिया, जयनगर, रामपुरखाप, नरकटिया र बंकूल, बाराका कचोरवा, सिमरौनगढ़, पिपरपाती, मटीअर्वा, बसतपुर, कवाहिकोटलगायत तथा भारततर्फका बोर्डर आउट पोष्ट बरगैनिया, चैनपुर, भंगहा, जमुनिया, अठमुहान, अमवालगायतबाट कपड़ा एवं अन्य वस्तु तस्करी भइरहेको छ ।

जिल्लामा तस्करी बढ्दै गएको सूचना पाउनासाथ सशस्त्र प्रहरी बल ११ नम्बर गण हेडक्वार्टर रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यसेन ओलीले कडा कारवाही गरेका छन् । कोरोना भाइरस महामारीका समयमा मुख्य नाकाका साथसाथै ग्रामीण भेगमा समेत सशस्त्र प्रहरी बलले निगरानी बढाएको छ ।नेपाल र भारतको खुला सीमाको फाइदा उठाउँदै अवैध रूपले नेपाल भित्र्याइएका मोटरसाइकलसहित कपडा र अन्य सामान बरामदसमेत गरिएको सशस्त्र प्रहरी उपरीक्षक ओलीले जानकारी दिए ।

उनका अनुसार विशेष सूचना पाउनासाथ सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । शनिबार राति मोटरसाइकलसहित करीब रु नौ लाख बराबरको कपडालगायत विभिन्न सामग्री बरामद गरिएको छ । भारत नेपालको सीमा नाकामा पर्ने नरकटिया समिलको बाटो भएर देवाही गोनाही नगरपालिकाको करकच टोलबाट भित्र्याइएका करीब रु चार लाख ५० हजार बराबरका अवैध लत्ताकपडा, मोबाइल, कीटनाशक औषधि तथा बारा –रौतहटका विभिन्न नाकाबाट राजस्व छली गरी ल्याइएका करीब रु चार लाख ५० हजार बराबरका विभिन्न सामग्री राति नै बरामद गरी ११ नम्बर गण हजमिनिया सशस्त्र हेडक्वार्टरमा ल्याइएको प्रहरी उपरीक्षक ओलीले बताए । रासस

वि.सं.२०७७ कात्तिक ९ आइतवार १८:४१ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...