काठमाडौं । यस वर्ष हुन गईरहेको राष्ट्रपतिय चुनाव अमेरिकाको इतिहासकै सबैभन्दा महंगो हुने देखिएको छ । पछिल्लो चुनावको तुलनामा यस वर्ष दोब्बर खर्च हुने अनुमान धेरैको छ ।
शोध समुह द सेन्टर फर रेस्पोनसिव पोलिटिक्सले मतदातासँग संकलन गरिएको चन्दाको आधारमा चुनावी खर्च अत्याधिक हुने निष्कर्ष निकालेको छ । शोध समुहले हुँदै गरेको राष्ट्रपतिय चुनावमा १४ अरब डलर खर्च हुने अनुमान सार्वजनिक गरेको छ ।
बिडेनले गरे सबैभन्दा बढि चन्दा संकलन
राष्ट्रपतिय चुनावका लागि अनौठो गरि डेमोक्रेटिक उम्मेदवार जो बिडेनलाई चन्दा रकमको ओइरो लागेको छ । सञ्चार माध्यमका अनुसार हालसम्म बिडेनले झण्डै एक अरब डलर राशी संकलन गरिसकेका छन् ।
जानकारीअनुसार उनले गत अक्टुबर १४ सम्मको तथ्यांकअनुसार बिडेनले चुनावी अभियानको लागि ९३.८ करोड डलर रकम संकलन गरिसकेका थिए ।
उता हालका राष्ट्रपति डोनाल्ड ट्रम्लाई ५९.६ करोड डलर संकलन गर्न सफल भएका छन् । जुन रकम बिडेनको तुलनामा आधा जस्तो हो ।
दान रकमसँगै चुनावी चर्चा
चन्दा रकममा निकै अन्तर देखिएसँगै चुनावी नतिजामाथि पनि अनेकन चर्चा चलेको छ । दानकर्ताले ट्रम्पलाई नरुचाएको प्रति धेरैले चुनाव बिडेनको पक्षमा जाने अनुमान गरिरहेका छन् । तथापि अन्तिमसम्म अवस्था कस्तो हुन्छ भन्न सकिने अवस्था छैन् । एजेन्सीको सहयोगमा
अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा १२ प्रतिशतले बाइडेनलाई अग्रता
वि.सं.२०७७ कात्तिक १३ बिहीवार १५:०७ मा प्रकाशित





























