back
CTIZAN AD

बडादशैँका बेलामा रगत अभाव हुन नदिन २७ जनाद्वारा रक्तदान

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार

639 

shares

१४ कात्तिक, मध्यपुरथिमि । बडादशैँका बेलामा रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी गुण्डू उपशाखाले आयोजना गरेको रक्तदानमा २७ जनाले रक्तदान गरेका छन् ।

सूर्यविनायक नगरपालिका वडा नं ७ रातोपाटीमा आज प्रतिनिधिसभा सदस्य महेश बस्नेतले पहिलो रक्तदातालाई ब्लड ब्याग प्रदान गरी कार्यक्रम आरम्भ गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोग र गुण्डू उपशाखाको व्यवस्थापनमा रक्तदान सम्पन्न भएको नेपाल रेडक्रस गुण्डू उपशाखाका सभापति रामकुमार बस्नेतले जानकारी दिए ।

उपशाखाले रगत अभाव हुन नदिन विभिन्न समयमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । गत बुधबार पनि उपशाखाले सूर्यविनायक नगरपालिका वडा नं ७ पुरानो बसपार्कमा आकस्मिक रूपमा रक्तदान कार्यक्रम गरेको थियो ।

यससँगै शाखाले विभिन्न समयमा विपत्मा परेका व्यक्तिलाई राहत प्रदान गर्नेदेखि अन्य सामाजिक कार्य गर्दै आएको छ । रासस

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार १५:२० मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...