back
CTIZAN AD

मगर समुदायको पुख्र्यौली थलो “कोेटगाउँ” प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण हुँदाहुँदै पनि ओझेलमा

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार

714 

shares

१४ कात्तिक, गलेश्वर । मगर समुदायको पुख्र्यौली थलो कोटगाउँ ऐतिहासिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मा पर्ने कोटगाउँ शेरपुंजा र पाइजा थरका मगरहरुको गर्बिलो इतिहास लुकेको ऐतिहासिक गाउँ हो । यही गाउँबाट यी दुई थरका मगर समुदाय देशभरि फैलिएको स्थानीय वृद्धवृद्धाको भनाइ छ ।

कोटगाउँको इतिहास चार सय वर्ष पुरानो छ । चार सय वर्ष पहिले सेवा र सुन्दर नामक दुई भाइबाट शेरपुंजा र पाइजाको वंशवृक्ष झ्याङ्गिएको स्थानीयवासी दलप्रसाद शेरपुंजाले बताए । उनका अनुसार सेवा र सुन्दर नामक दुई भाइले थर परिवर्तन गरेर एक भाइ कोटगाउँ र एक भाइ पाखापानीमा बस्न थाले । सेवा जेठा र सुन्दर कान्छा थिए ।

शेरपुंजा थरका ती दुईभाइमध्ये सुन्दर नाम गरेको भाइले थर परिवर्तन गरी पाइजा बने र उनी कोटगाउँबाट बसाइ सरी पाखापानीमा गए । त्यसभन्दा अघि शेरपुंजा थरका मगरहरुलाई सोलीडोली चलाउन र बिवाह गर्न निकै कठिन पर्दथ्यो । उनीहरुका नाताकुटुम्ब कोही नहुँदा बिवाह गर्न समस्या परेपछि गाउँमा बूढापाकाहरुको भेला बसेर सुन्दरलाई पाइजा बनाइ पाखापानीमा पठाएका कोटगाउँका ७२ वर्षीय गौबहादुर शेरपुंजाले जानकारी दिए ।

सुन्दर पाखापानीमा पाइजा भनेर चिनिन थाले । सुन्दर र सेवाका सन्ततिहरुको एकापसमा बिवाह र सोलीडोली चल्न थाल्यो । त्यसपछि शेरपुंजा र पाइजाका बीचमा बिवाह हुने चलन शुरु भयो । दुवै थरको सन्तान झ्याङ्गिदै गए । वंश विस्तार गर्नकै लागि शेरपुंजाले एक भाइको थर परिवर्तन गरेर बिवाह गर्ने चलन शुरु गरेका र अहिले पाइजा र शेरपुंजाका बीचमा बिवाह गर्ने परम्परा बसेको उनको भनाइ छ ।

यसरी शुरु भएको शेरपुंजा र पाइजाहरुको वंशवृक्ष झ्याङ्गिदै नेपालका विभिन्न ठाउँहरुमा पुगेको छ । अहिले कोटगाउँमा ९६ घरधुरीको मात्र बसोबास छ । तीमध्ये शेरपुंजाका ५० घरपरिवार, पाइजाका १७, थजालीका ७, गर्बुजाका १४ र दलितका ८ घरपरिवार मात्र कोटगाउँमा बस्दै आएका छन् । रासस

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार १५:०७ मा प्रकाशित

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

गण्डकी । बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा...

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

गण्डकी । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...