back

कविता : असमान सम्बन्ध

वि.सं.२०७७ कात्तिक १५ शनिवार

195 

shares
RBB AD
NTC AD

 

नारीलता
तिमी समग्र समानताको कुरा गर्छ्यौ
तर
हामीमा निरपेक्ष समानता हुनसक्छ
म बिश्वास गर्दिन

हिड्ने पाइला उस्तै भएपनि
रूप, गुण र बिशेषतामा हामी फरक छौ
प्राकृतिक कर्तब्य, दायित्व र पहिचानमा
उभिने ठाउँ यौटै भएपनि
हामी अलग अलग हौ र फरक अस्तित्वमा छौ

तिमीले स्वीकार्नु पर्छ
हामिमा समानता हुन सक्दैन

हेर,
लतापुष्प चिमोट्न तन्किएका औंलाहरू
हातको लम्बाई लामो भएपनि
हत्केलामा छुट्टिएर
तिमीतिर औंलाहरू तन्किएका छन्
स्वार्थमा
एकैठाउँमा जम्मा भएका औलाहरू
तिमीलाई चुँड्ने बित्तिकै छुट्टिन्छन्
फेरि एकै ठाउँमा आउन
सबैको स्वार्थ मिल्नु नै पर्छ
नमिलेसम्म अलग अलग पहिचानका
औला भएरै बाँच्छन

नारीलता !
तिमी आफै फुलेको बोटमा हेर
काँडाहरू फुलेका छैनन्
फुल्दैनन्
त्यसरी नै तिमी फूल
कमलो देहमा हाँसेकी छौ
तर
काँडा जसरी तिखारीन सक्दिनौ
तिखो टुप्पोमा उम्रिएको मलाई हेर
तिखार्नु पर्दैन
तर
जब बयस्क हुन्छ फूलको बोट
तिमी कोपिला फक्रिन्छ्यौ
र फूल चिन्छ दुनियाँ

हामी दुबैलाई जन्माउने फूलको बोट नै हो
चिनेपछि छुट्याउँछ दुनियाँले
तिमी नारीलता
म काँडा
जहाँ असमान छन
अन्योन्याश्रित छन् हाम्रा सम्बन्धहरू

नारीलता ! तिमी फूल्छ्यौ
फल्छ्यौ
सत्य हो
फूलको सृष्टि तिम्रै वरिपरि पूर्ण घुमेको छ

तिमी आफै सिंहो हात हौ
फरक चिनारीका औलाहरू देखि देखि
जिद्दि नगर
हत्केला यौटै भएपनि
औलाहरू समान हुन नसके जस्तै
उही धरातलमा फूलेका
काँडा र फूलमा समानता हुँदैन ।

वि.सं.२०७७ कात्तिक १५ शनिवार ०९:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
रवीन्द्रको ‘पैसाको उडान’ बजारमा

रवीन्द्रको ‘पैसाको उडान’ बजारमा

काठमाडौंँ । साहित्यकार रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशनमा आएको...

कविता : निखार काव्य ए कवि

कविता : निखार काव्य ए कवि

स्वर्ण शिखा, दाङ नवीन यामको अहो सुरम्य बिम्ब देखियो, नवीन...

कविता : शब्द दुरुपयोग

कविता : शब्द दुरुपयोग

निम्बतरु,अर्घाखाँची कालेलाई काले भन्न मिल्दैन सेतेलाई सेते भन्न मिल्दैन नेप्टे...

कविता : आत्मबोध

कविता : आत्मबोध

शान्ता न्यौपाने, बेलबारी, मोेरङ सधैं तिमी मर्छुमर्छु भन्छौ तर तिमीलाई...

गजल

गजल

सुधिर थापा,काठमाडौं तिमी मेरो राजा भएँ रानी तिम्रो मीठो माया...

मुक्तक

मुक्तक

अरुण खड्का,काठमाडौं १ फुलुन् टन्न नयाँ नयाँ फूल नयाँ वर्षमा...