मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा राम्रो सुरुवात हुनेछ तर अन्त्यमा सोचेजस्तो नतिजा नआउन सक्छ । धेरै बोल्दा गोपनीयता बाहिरिन सक्छ । विभिन्न अवसर प्राप्त हुनेछन् तर काम पूरा गर्न समय लाग्नेछ । आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला । शुभचिन्तकहरूको साथ भने पाइनेछ । लगनशीलताले मात्र संकल्प पूरा गर्न सकिनेछ । प्रयत्न गर्दा प्रतीक्षा गरिएको काम बन्न सक्छ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । तर लोकाचारका लागि फजुल खर्च हुन सक्छ । सुमधुर सम्बन्धका लागि सजग रहनुहोला । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
खर्च लागे पनि लगानीको अवसर जुट्न सक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ । छिमेकमा केही असमझदारी देखिएला । बिनाकारण साथीभाइ टाढिन सक्छन्। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईष्र्या गर्नेहरूबाट सजग रहनुहोला । शुभचिन्तकहरूका माध्यमबाट कर्जाको धन हातलागी हुनेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ । पछिका लागि गरिएको लगानीले अवश्यै फाइदा दिनेछ । कामको राम्रै मूल्यांकन हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
ठूलो उपलब्धि प्राप्त गर्न केही कुरा गुमाउनुपर्ने हुन सक्छ । काममा लगानी बढाउनुपर्ला । मिहिनेतले नाम, दाम र इनाम पनि दिलाउनेछ। सोखले दैनिकी खर्चिलो हुनेछ । तापनि विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । फाइदा कमै भए पनि तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। धार्मिक अनुष्ठान र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ । समयमा गम्भीर नबन्दा दुस्ख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । कामको चाप बढ्नेछ भने बाध्यात्मक परिस्थितिले सताउने समय छ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
रमाइलो परिवेश देखिए पनि घर–गृहस्थीमा समस्या आउन सक्छ । मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ । आफन्तसँग सुमधुर सम्बन्धका लागि सजग रहनुहोला । रमाइलो यात्राको योग देखिए पनि मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ । लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत प्रतीक्षा गर्नुहोला ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्ने समय छ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । ईष्र्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । तर सोखले खर्च बढाउनेछ भने समय दिन नसक्दा प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ । दिगो कामलाई केही समय पर्खनुपर्ला । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । बाहिरी काम छोडेर पनि आफन्त र परिवारलाई समय दिनुपर्ला। कृषि तथा पशुधनले मनग्गे फाइदा दिलाउनेछ । रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला । बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्यमा पुगिनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विभिन्न अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो सहज नरहला । चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । बलभन्दा बुद्धिको उपयोगले काम बन्नेछ । अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । लाभांश खर्च भए पनि व्यापार बढ्नेछ । प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ ।
तपाईको आज (आइतबार) को राशिफल भन्छ-आज यी राशिकालाई हुनेछ फाइदा !
वि.सं.२०७७ कात्तिक १७ सोमवार ०७:३६ मा प्रकाशित




























