back
CTIZAN AD

हजुरबुवाको कृति प्रकाशनका लागि सुहिमले दिए आफ्नो जीवनको पहिलो कमाई

वि.सं.२०७७ कात्तिक १६ आइतवार

1.2K 

shares

साहित्यकार गगन सिंह थापाको सातौं कृति ‘मरभूमिकी महारानी’ प्रकाशनका लागि उनका नाति सुहिम थापाले आफ्नो जीवनको पहिलो कमाई सहयोग गर्ने भएका छन् ।

हजुरबुवाको कृति प्रकाशन हुन लागेको जानकारी दिँदै सुहिमले एनआरएनएद्धारा आयोजित अन्तर्राष्ट्रिय बक्तित्वकला प्रतियोगिताबाट पुरस्कारस्वरुप पाएको रकम हजुरबुवाको कृति प्रकाशनका लागि सहयोग गर्न लागेको बताएका छन् ।

हजुरबुवा नै समाज, सभ्यता र संस्कृतिको ज्ञानको अदभुत खानी रहेको बताउँदै सामाजिक संजालमार्फत् सुहिमले भनेका छन्,

‘हजुरबुबा गगनसिंह थापाको सातौ कृति ‘मरुभूमिकी महारानी’ प्रकाशित हुँदै । मेरो हजुरबुबा मेरो, परिवार र समाजको आदर्श हो र मानवता के हो र के हुनुपर्छ भन्ने ज्वलन्त उदाहरण हो । शिक्षा, साहित्य, प्रजातान्त्रिक आन्दोलन, समाज बिकास र प्रकृति संरक्षणमा उहाँको योगदान अतुल्य रहेको छ ।
उहाँ हाम्रो समाज, सभ्यता र संस्कृतिको ज्ञानको अदभुत खानी हो र प्रेरणादायी लेखक पनि । एउटा कलम र सादा कपि सङ्गै उहाँले आफ्ना पाठकहरुलाई मस्तिष्क र आत्माको यात्रामा हिँडाउन सक्ने खुबी राख्नु हुन्छ ।

‘मेरो देशको लागि मैले देखेको सपना’ बिषयको एनआरएनएको अन्तर्राष्ट्रिय बक्तृत्वकला प्रतियोगिता बाट मैले पाएको पुरस्कार रकम जुन मेरो जीवनको पहिलो आय हो । हजुरबुबाको यो कृति मरुभूमीकी महारानी प्रकाशनमा लगाउन पाएकोमा म सार्है नै खुशी छु । किनकी मेरो हजुरबुबा मेरो आदर्श हुनुुहन्छ र म उहाँको एक असल बिरासत बन्न चाहान्छु ।’

१६ वर्षीय सुहिम हाल ११ क्लासमा पढ्दै छन् । उनी गैरआवासीय नेपाली अभियन्ता हिक्मत थापाका छोरा हुन् ।

वि.सं.२०७७ कात्तिक १६ आइतवार १८:३७ मा प्रकाशित

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडाैँ । २१३ औँ भानुजयन्तिको अवसरमा काठमाडौं वल्ड स्कुल ,गुण्डु...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...