१७ कार्तिक, काठमाडौं । किशोर प्रधानले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी घोषणा गरेका छन् । उद्योग वाणिज्य क्षेत्रमा लामो समय विताएका प्रधानले काठमाण्डौमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा आफुलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार घोषण गरेका छन् ।
प्रधान विगत २८ वर्षदेखि उद्योग वाणिज्य क्षेत्रमा संक्रिय रुपमा काम गर्दै आईरहेका छन् । उनले आफ्नो उम्मेदवारी सम्पूर्ण व्यवसाईहरुको व्यावसायिक समस्याहरुको समाधान गर्नका लागि भएको बताएका छन् । उनी आफुले महासंघलाई मन्दिरका रुपमा लिएकाले आफु त्यो मन्दिरको पुजारीको रुपमा रहेर व्यावसायिक क्षेत्रलाई पुजनिय रुपमा लिएर काम गर्ने प्रतिवद्धता जाएर गरेका छन् । उनले आफ्नो समूह वाणिज्य क्षेत्रको समस्या समाधानको निमित्त सक्षम रहेकाले पनि आफूहरुको विजयी सुनिश्चित रहेको बताए ।
प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतीले उम्मेदवारी घोषणा गरेका छन् । प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समेत साथ रहेको छ । महासंघको ५४ औं वार्षिक साधारणसभाको चुनाव आउँदो मंसिर ११, १२ र १३ गते काठमाण्डौमा हुँदैछ ।
वि.सं.२०७७ कात्तिक १७ सोमवार १६:४५ मा प्रकाशित






























