back
CTIZAN AD

प्रधानमन्त्रीको नाम हटाएर स्वास्थ्यमन्त्रीविरुद्व मात्रै रिट दर्ता

वि.सं.२०७७ कात्तिक १७ सोमवार

771 

shares

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्व अदालतको अवहेलना गरेको भन्दै रिट निवेदन दर्ता भएको छ । कोभिड–१९ को उपचार निःशुल्क गर्न सर्वौच्चले दिएको आदेश उल्लंघन गरेको भन्दै रिट निवेदन दर्ता भएको हो । अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले आइतबार सर्वौच्च अदालतमा रिट निवेदन दिएका थिए ।

निवेदकले प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री ढकाललाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए । तर, निवेदन दर्ता हुँदा भने प्रधानमन्त्री ओलीको नाम हटाएर मन्त्री ढकालको मात्रै राखिएको छ ।

सर्वौच्च अदालतले गत असोज १५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा कोभिड–१९ को सबै उपचार निशुल्क गर्न परमादेश जारी गरेको थियो । तर, मन्त्रालयले गत कात्तिक २ मा मन्त्रिपरिषदको निर्णय भन्दै विपन्न, असहाय, अति अपाङ्गता भएका, ७० वर्ष नाघेका जेष्ठ नागरिकको परीक्षण र उपचार निशुल्क गर्ने तर अन्यको नगर्ने निर्णय गरेको थियो ।

रिटमा यहि विषयलाई आधार बनाउँदै अदालतको आदेशको उल्लंघन र अनादर भएको भन्दै मन्त्री ढकाललाई अधिकतम १ वर्ष कैद र १० हजार जरिवाना गर्न माग गरिएको छ । साथै असोज १५ को परमादेश तुरुन्त कार्यान्वयन लागि आदेश गर्न माग पनि गरिएको छ ।

वि.सं.२०७७ कात्तिक १७ सोमवार १८:५९ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...